नेपालगञ्जका सार्वजनिक स्थानमा आगो ताप्ने प्रबन्ध

नेपालगञ्ज– चिसो बढ्न थालेपछि स्थानीय तहले नेपालगञ्जका सार्वजनिक स्थानमा आगो ताप्ने प्रबन्ध गर्न थालेको छ । चिसो बढेर शीतलहर सुरु भएपछि दुई दिनभित्रै सार्वजनिक स्थानमा दाउरा वितरण गरेर आगो ताप्ने व्यवस्था मिलाउन थालिएको नेपालगञ्ज उपमहानगरपालिकाका विपद् सम्पर्क व्यक्ति दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।  डिभिजन वन कार्यालय, बाँकेमार्फत विभिन्न सामुदायिक वनमा रहेका सुकेका दाउरा खरिद गरेर ल्याएर […]