नेपाली सेनाको प्रवक्तामा सहायक रथी राजेन्द्र श्रेष्ठ

काठमाडौं। नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयको निर्देशक एवं प्रवक्ताको जिम्मेवारी सहायक रथी राजेन्द्र श्रेष्ठले सम्हालेका छन् ।श्रेष्ठले बिहीबारदेखि औपचारिक रूपमा नयाँ जिम्मेवारी सम्हालेका हुन् । जिम्मेवारी सम्हालेसँगै उनले सञ्चारमाध्यमसँग सहकार्य गर्दै अघि बढ्ने र रचनात्मक सुझावको अपेक्षा गरेको बताएका छन् । यसअघि सहायक रथी राजाराम बस्नेतले नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका थिए । […]