पोखरा अन्तराष्ट्रिय विमानस्थलको भरपुर सदुपयोग गर्नुपर्नेमा जोड

काठमाडाैं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले पोखरा अन्तराष्ट्रिय विमानस्थलको भरपुर सदुपयोग गर्नुपर्नेमा जोड दिनु भएको छ। आइतबार सो विमानस्थलको उद्घाटन समारोहमा बोल्दै उपप्रधानमन्त्री पौडेलले सो विमानस्थलको सही र भरपुर सदूपयोग गरेर पोखरालाई पर्यटकहरुको केन्द्रको रुपका विकास गर्न लाग्नुपर्ने बताउनु भएको हो । त्यस अवसरमा उहाँले सो विमानस्थललाई प्रभावकारी ढंगले संचालन गर्नका लागि अर्थ मन्त्रालयको […]

सम्बन्धित सामग्री

असार ६ गते पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडान हुने

काठमाडौं, १ असार। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट पहिलो अन्तराष्ट्रिय उडान हुने भएको छ। चिनियाँ वायुसेवा कम्पनी सिचुवान एयरलाइन्सले २१ जुन अर्थात असार ६ गते चीनको छेन्दु विमानस्थलबाट चार्टर्ड उडान गर्ने गरी शुक्रबार अनुमति पाएको हो। १ जनवरी २०२३ का दिनमा नै पोखरा अन्तराष्ट्रिय विमानस्थल उदघाटन भएपनि अहिलेसम्म अन्तराष्ट्रिय उडान भने भएको छैन।

पोखरा अन्तराष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनमा ल्याउन रास्वपा सांसद झाको माग

काठमाडौं, १३ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिश झाले पोखरा अन्तराष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनमा ल्यान नसकिएको भन्दै संसदको ध्यानाकार्षण गराएका छन् । आज (बुधबार) को प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै सांसद झाले २३ अर्ब रुपैयाँ खर्च गरेर बनाएको विमानस्थल पूर्णरुपमा सञ्चालन ल्याउन आवश्यक रहेको उनको भनाई छ । ‘पोखरा अन्तराष्ट्रिय विमानस्थल उद्घाटन भएको आज […]

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडान सुरु

सञ्चालनमा आएको ६०औँ दिनमा पोखरा अन्तराष्ट्रिय विमानस्थल रात्रिकालीन उडान सुरु भएको छ। १७ पुसदेखि संचालनमा आएको विमानस्थलमा ११ फागुनदेखि इन्स्टुमेन्ट फ्लाइट रुल्स (आइएफआर) लागु भएसगै अन्तर्राष्ट्रिय उडान र रात्रिकालीन उडानका लागि...

साञ्चालनमा आयो पोखरा अन्तराष्ट्रिय विमानस्थल

राष्ट्रिय गौरवको योजना पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आइतबारदेखि सञ्चालनमा आएको छ । निर्माण कार्य सकिएलगत्तै आइतबारदेखि विमानस्थल सञ्चालनमा आएको हो । ४७ वर्षदेखिको पोखरेलीको सपना पूरा भएको पोखरा विमानस्थलको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरे । १ वैशाख २०७३ मा प्रधानमन्त्री केपी शर्मा ओलीसहितका शीर्ष नेताहरूले सामूहिक रूपमा शिलान्यास गरेको करिब ६ वर्षपछि विमानस्थल सञ्चालनमा आएको हो […]

नेपालमा अब ३ वटा अन्तराष्ट्रिय विमानस्थल

काठमाडौं। नेपालमा अन्तराष्ट्रिय बिमानस्थलको संङख्या ३ पुगेको छ। आजदेखि पोखरा अन्तराष्ट्रिय बिमानस्थल संञ्चालनमा आएसंगै अन्तराष्ट्रिय बिमानस्थलको संङ्ख्यामा थप भएको हो।उक्त बिमानस्थलको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गरे । अब नेपालमा ३ वटा अन्तराष्ट्रिय विमानस्थलमा, त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल, गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल र पोखरा अन्तराष्ट्रिय विमानस्थल भएका छन्।

पोखरा विमानस्थलको उद्घाटन भोलि, तत्काल अन्तर्राष्ट्रिय उडान नहुने

नागरिक उड्ययन प्राधिकरणले अंग्रेजी नयाँ वर्ष १ जनवरीका दिन (भोलि) देखि पोखरा अन्तराष्ट्रिय विमानस्थल सन्चालनको तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । कार्यक्रम उद्घाटनका लागि पोखरा महानगरले विभिन्न झाँकीसहितको प्रदर्शन गर्दैछ भने पोखरा विमानस्थलका परिकल्पनाकार शंकरराज पाठकलाई नागरिक अभिनन्दन गर्दै छ । अमरसिंह चोकदेखि विमानस्थलसम्म झाँकी र्याली आयोजना हुँदै छ । अहिलेसम्म प्राधिकरणले पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट उद्घाटनकै दिन

बुद्ध एयरले सबै उडान पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट गर्ने

काठमाडौँ,१३ पुष । बुद्ध एयरले यही पुस १७ गतेदेखि सबै उडान नवनिर्मित पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट सञ्चालन गर्ने भएको छ । पोखरा अन्तराष्ट्रिय विमानस्थल अङ्ग्रेजी वर्ष २०२३ को १ जनवरीदेखि व्यवसायिकरुपमा सञ्चालनमा ल्याउने नेपाल नागरिक उड्डयन प्राधिकरणले घोषणा गरिसकेको छ । भौतिक पूर्वाधारले निकै राम्रो मानिएको नयाँ विमानस्थलबाट उडान भर्न सम्पूर्ण तयारी गरिएको कम्पनीले जनाएको छ […]

साढे २१ अर्ब ऋणमा बनेको पोखरा विमानस्थलको लगानी कहिले उठ्छ ?

पोखरा – पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि करिव २२ अर्ब लगानी लागेको छ। २०७३ बैशाख १ मा शिलान्यास भएको विमानस्थल करिव ७ वर्षपछि निर्माण पूरा भएको छ। विमानस्थल बनाउन चीनको एक्जिम बैंकबाट ऋण लिइएको हो। राष्ट्रिय गौरवको आयोजना निर्माण सकिएपछि यही जनवरी १ देखि अन्तर्राष्ट्रिय उडान भर्ने तयारी छ। तत्कालीन समयमा २१ अर्ब ४७ करोड […]

प्रधानमन्त्री देउवा पोखरा जाँदै

आइतबार राति पोखरामै बसेर प्रधानमन्त्री देउवाले सोमबार बिहान निर्माणाधीन पोखरा अन्तराष्ट्रिय विमानस्थल निरीक्षण गर्ने उहाँको सचिवालयले जनाएको छ ।