अफगान सरकारलाई शान्तिपू्र्ण सत्ता हस्तान्तरणका लागि तालिबानको चेतावनी

काठमाडौँ- तालिवानले अफगानिस्तान सरकारलाई शान्तिपूर्ण सत्ता हस्तान्तरण गर्न चेतावनी दिएको छ। तालिबानका प्रवक्ता सुहेल शाहीनले कतारको अल जजीरासँगको कुराकानीमा काबुल शहरको शान्तिपूर्ण सत्ता हस्तान्तरणको प्रतीक्षामा रहेको बताएका छन्। उनले आफ्नो सेना र सरकारबीच कुनै पनि सम्भावित वार्ताको बारेमा जानकारी दिन भने अस्वीकार गरेका छन्। यसअघि तालिबान लडाकुहरु चारैतिरबाट अफगानिस्तानको राजधानी काबुल प्रवेश गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले […]

सम्बन्धित सामग्री

अफगानिस्तान : २२ देश मिलेर तालिबानलाई दिए चेतावनी

काठमाडौँ । अमेरिका र सहयोगी राष्ट्रले तालिबानलाई पूर्व अफगान सुरक्षाबललाई निशाना बनाउन छोडिदिन चेतावनी दिएका छन् । २२ देशले एक साझा बयान जारी गर्दै तालिबानको इस्लामी सरकारलाई पूर्व सरकारी कर्मचारी र सुरक्षाबललाई निशाना नबनाउने आफ्नो बचनमाथि कायम रहन भनेको छ । बयानमा भनिएको छ, ‘हामी निरंकुश हत्या र मानिसहरु हराएको रिपोर्टले असाध्यै चिन्तित छौं ।’ […]

अफगानिस्तानलाई लिएर पाकिस्तानी एयरलाइन्सको ठुलो निर्णय, काबुलका सबै उडान रद्द

पाकिस्तानको अन्तराष्ट्रिय एयरलाइन पीआईए ले अफगानिस्तानको राजधानी काबुल जाने र त्यहाँबाट आउने सबै उडान रद्द गरेको छ। तालिबानका अधिकारीहरुले अपमानजनक व्यवहार गरेको आरोप लगाउदै पाकिस्तान एयरलाइनले उडान रद्द गरेको जनाएको छ। आफ्नो एयरलाइनको कर्मचारीहरुलाई धम्की दिईएको र उडानमा पनि हस्तक्षेप गर्ने चेतावनी दिइएकाले उडान रद्द गर्नुपरेको पीआईएका एक प्रवक्ताले आरोप लगाएका छन्। बिहिबार तालिबानले पीआईए र अफगानिस्तानको एयरलाइन कैम एयरसँग टिकटको मुल्य कम गर्नलाई अपिल गरेको थियो। तालिबान सत्तामा आउनु अगाडीको मुल्य कायम गर्नलाई तालिबानले अपिल गरेको हो। आफुहरुको अपिल नमाने उडान बन्द गर्ने चेतावनी तालिबानले दिएको बिबिसीले रोयटर्सलाई उद्र्त गर्दै लेखेको छ। तालिबान सत्तामा आए पछि हवाई भाडा झन्डै दश गुणाले बढाईएको छ।  एएफपीकाअनुसार एयरलाइन्स काबुलबाट इस्लाम्बाद ४० मिनेटको उडानको लागि १२०० डलर सम्म लिईरहेका छन्। कसैले २५०० डलरसम्म पनि असुल गरिरहेका छन्। यो मुल्य तालिबान सत्तामा आउनु अगाडी मात्रै १५० डलर थियो। अहिले तालिबानले यहि मुल्य कायम गरिनु पर्ने अपिल गरेपछि पीआईएले अफगानिस्तानसँगको उडान रद्द गरेको हो।  पीआईए ले बिशेष उडान भएकाले बढेको मुल्य लिईएको दाबि गर्दै आएको छ। बिशेष उडानको प्रयोग बिशेषगरि एनजीओ, भीआईपी र अनुदानमा हुँदै आएको छ। यो कार्यले अफगान नागरिकहरुलाई देश छाडेर बाहिर निस्किनलाई ठुलो मद्दत मिलेको पीआईएको दाबि छ। बिशेष र सिमित मात्रै उडान भरिरहेकाले अहिले लिइरहेको मुल्यले समेत एयरलाइन घाटामा नै रहेको पीआईए को दाबि छ। आफुहरुले मानवीय सहयोगको आधारमा मात्रै उडान भरिरहेको पीआईएको भनाई छ।  अर्कोतर्फ अफगानिस्तानको आफ्नै एयरलाइन्स कैमले १६०० डलर लिइरहेको पीआईएको तर्क छ।   अफगानिस्तानबाट अमेरिकी तथा नेटो सेनाहरु फिर्ता भएपछि काबुल विमानस्थलमा तालिबानको कब्जा छ। पाकिस्तान १९९६ देखि २००१ सम्म अफगानिस्तानमा तालिबानको सत्ता समर्थन गर्दै आएको छ।   अहिले तालिबान सत्तामा आएपछि पनि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बिश्वका बिभिन्न देशका नेताहरुलाई तालिबानसँग वार्तालाप गर्न तथा त्यहाँ आर्थिक सहयोग गर्नलाई अनुरोध गरिरहेका छन्।   कतार लगायतका देशहरुले अफगानिस्तानमा तालिबानलाई मान्यता दिएपनि पश्चिमी राष्ट्रहरुले तालिबान सरकारलाई मान्यता दिएको छैन।

शान्तिपूर्ण रुपमा सत्ता छाडेर आत्मसमर्पण गर्न अफगान सरकारलाई तालिवानको आग्रह

काठमाडौं । अफगानिस्तानको शासन सत्तामा पुनः कब्जा गर्ने तयारीमा रहेको तालिवान लडाकू समूहले अफगान सरकारलाई शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्न चेतावनी दिएको छ । तालिवान प्रवक्ताले कुनै हिंसाबिना आत्मसमर्पण गर्न सरकारलाई आग्रह गरेका हुन् । तालिवानले आफूहरु वल प्रयोग गरेर काबुल छिर्न नचाहेको भन्दै आफ्ना सबै मुजाहिद्दिनहरुलाई काबुल गेटमै रोकिन निर्देशन दिएको बताएका छन् । […]