माधव नेपालको आरोप– ओलीले भ्रष्टाचारमा कीर्तिमान राखे, नपत्याए महालेखाको प्रतिवेदन पढ्नू

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपीशर्मा ओली प्रधानमन्त्री हुँदा भ्रष्टाचार र अनियमिततामा कीर्तिमान कायम गरेको आरोप लगाएका छन् ।  पार्टी संसदीय दलको पहिलो बैठकलाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् ।  ‘आफूले जस्तो काम कसैले गरेको छैन भनेर दाबी गर्ने केपी ओलीको भ्रष्टाचारका कीर्तिमान थाहा पाउन महालेखाको प्रतिवेदन पढ्नुस् त, भ्रष्टाचारका कीर्तिमान त्यहाँ देख्न पाइन्छ’, नेपालले भने । सम्बोधनमा नेपालले ओलीको चर्को आलोचना गरेका थिए ।   ‘भ्रष्टाच...