सुस्ता गाउँपालिकामा कांग्रेस विजयी

काठमाडौँ। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुस्ता गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा टेकनारायण उपाध्याय र उपाध्यक्षमा गीता चौधरी विजयी भएका हुन्। यसअघिको निर्वाचनमा अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको यस क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी भएको हो।