हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स एक आपसमा गाभिने प्रस्ताव पारित

६ असार, काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको विशेष साधारणसभाले हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनी एक आपसमा गाभ्ने/गाभिने प्रस्ताव पारित गरेको छ । २ असारमा भएको साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो । यी दुई कम्पनी गाभिएपछि बन्ने कम्पनीको नाम हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड राख्ने र सो कम्पनीबाट निर्जीवन बीमा व्यवसाय गर्नेसम्बन्धी […]

सम्बन्धित सामग्री

हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको सचिवमा ध्रुवप्रसाद न्यौपाने नियुक्त

काठमाडौं।  हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको सचिवमा धुवप्रसाद न्यौपाने नियुक्त भएका छन्। हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स कम्पनी एक आपसमा

हिमालयन जनरल र एभरेष्ट बिमा कम्पनी मर्जरलाई अन्तिम स्वीकृति

१० असार, काठमाडौं । हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स कम्पनीले अन्तिम मर्जर स्वीकृति पाएका छन् । शुक्रबार बीमा समितिले यी दुई कम्पनीलाई अन्तिम स्वीकृति दिएको बीमा समितिका प्रवक्ता राजुरमण पौडेलले बताए । ‘शुक्रबार हामीले दुई कम्पनीलाई मर्जरका लागि अन्तिम स्वीकृति दिएका छौं,’ प्रवक्ता पौडेलले भने, ‘अब कम्पनीले एक महिना भित्रै सबै प्रक्रिया पुरा गर्नुपर्ने छ […]

एभरेष्ट र हिमालयन जनरल इन्स्योरेन्स मर्ज हुने, बीमा क्षेत्रकै पहिलो मर्जर !

वैशाख २२, काठमाडौं । हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स कम्पनी एक अर्कामा मर्ज हुने भएका छन् । बीमा समितिले चुक्ता पूँजी बढाउने निर्णय गरेर कम्पनीहरूलाई मर्जरमा जान अप्रत्यक्ष दबाब दिइरहेको बेला दुई कम्पनी मर्जरमा जाने निर्णयमा पुगेका हुन् । बिहीवार दुवै कम्पनीका सञ्चालक समितिबीच एक अर्कामा मर्जरमा जाने समझादारी भएको हो । उक्त समझादारी पत्र (एमयोयु) मा एभरेष्ट इन्स्योरेन्सको तर्फबाट अध्यक्ष राजिव सापकोटा र हिमालयन जनरलको तर्फबाट महेन्द्रकृष्ण श्रेष्ठले हस्ताक्षर गरेका छन् । एभरेष्ट इस्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कमल गौतमले हिमालयन जनरलसँग एकअर्कामा मर्ज हुने गरि समझादारी भएको आर्थिक अभियानलाई बताए ।    मर्जर प्रक्रिया अगाडि बढाउन दुवै कम्पनीका ३/३ जना सञ्चालकको प्रतिनिधित्वमा ६ सदस्यीय मर्जर कमिटी समेत गठन गरिएको छ । अब उक्त कमिटीले नै मर्जरको थप प्रक्रिया अगाडि बढाउने छ ।  ‘अब मर्जर कमिटीले सम्पत्ति दायित्व मुल्यांकन गर्ने (डीडीए), स्वाम रेसियो निर्धारण गर्नेदेखि मर्जरपछि कम्पनीको संरचना कस्तो बनाउनेसम्मको निर्णय गर्नेछ,’ उनले भने, ‘त्यसपछि हामी एक अर्कामा मर्ज हुनेछौं । एक अर्कामा मर्ज हुने भएकाले कम्पनीको नाम पनि दुवै कम्पनीको अस्तीत्व हुने गरि राखिने छ ।’ साथै, चालु आर्थिक बर्ष भित्रनै एकीकृत कारोबार गर्ने लक्ष्य लिइएको उनले बताए । ‘अब समितिबाट सैद्धान्तिक स्वीकृत लिएर आवश्यक प्रक्रिया अगाडि बढाँउछौं । समग्रमा चालु आव भित्रनै एकीकृत कारोबार गर्ने हाम्रो प्रारम्भिक लक्ष्य हो,’ उनले भने, ‘बीमा क्षेत्रकै पहिलो मर्जर कम्पनी बनाउने पनि हाम्रो लक्ष्य हो ।’ बीमा समितिले एक महिनाअघि बीमा कम्पनीको चुक्तापूँजी बढाउने निर्णय गरेको थियो । हाल निर्जीवन बीमा कम्पनीको १ अर्ब र जीवन बीमा कम्पनीको २ अर्ब रुपैयाँ न्यूनतम चुक्तापुँजी हुनुपर्ने व्यवस्था छ ।   आगमी चैत मसान्तभित्र चुक्तापूँजीको न्यूनतम सिमा निर्जीवन बीमा कम्पनीको २ अर्ब ५० करोड र जीवन बीमा कम्पनीको ५ अर्ब रुपैयाँ पु¥याउनुपर्ने समितिको निर्देशन छ । चुक्तापूँजी बढाउने नाममा कम्पनीहरुलाई मर्जरमा जान दवाव दिनुनै समितिको मनाशय छ । सोही सन्दर्भमा यी २ कम्पनी मर्जर जाने समझौता गरेका हुन् ।