एमाले सांसद कोइरी निलम्बनको सूचना संसदमा, बैठक भोलिसम्म स्थगित

काठमाडौं : प्रतिनिधि सभाको बैठकमा एमाले सांसद लक्ष्मी महतो कोइरी निलम्बनको सूचना सुनाइएको छ। सभामुख देवराज घिमिरेले आइतबारको संसदमा कोइरी निलम्बनको सूचना सुनाएका हुन्। वर्षे अधिवेशनको पहिलो दिन आज सांसदहरुले विभिन्न विषयमा संसदमा आवाज उठाए। नक्कली भुटानी शरणार्थी प्रकरण, नागरिकता विधेयक प्रकरणमा सांसदहरुले आआफ्नो धारणा राखे। बजेट अधिवेशनमा अर्थमन्त्री डा.…

सम्बन्धित सामग्री

सर्वोच्चबाट सफाइ पाएका सांसद कोइरी र एमाले अध्यक्ष ओलीबीच भेट

काठमाडौं : ज्यान मुद्दामा सर्वोच्च अदालतबाट सफाइ पाएसँगै सांसद पदको निलम्बनबाट फुकुवा भएका एमाले सांसद लक्ष्मी महतो कोइरीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन्।सोमबार बिहान ओली निवास बालकोट पुगेर सांसद कोइरीले अध्यक्ष ओलीलाई भेटेका हुन्। सांसद कोइरीले अध्यक्ष ओलीको हातबाट सगुनसमेत लिएका छन्।कोइरीमाथि मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या गरेको आरोप लागेपछि त्यसको मुद्दा चलेकै समयमा महोत्तरी–१ बाट उनी नेकपा एमालेको तर्फबाट निर्वाचित भएका थिए। निर्वाचित भएर सांसद

एमाले सांसद लक्ष्मी महतो कोइरीको विषय लिएर संसद्‍मा चर्काचर्की

काठमाडौँ- प्रतिनिधि सभाको शुक्रबारको बैठकमा एमाले सांसद लक्ष्मी महतो कोइरीको विषयलाई लिएर चर्काचर्की भएको छ । बैठकका क्रममा सभामुख देवराज घिमिरेले सांसद कोइरी स्वास्थ्योपचारमा रहेका कारण संसद् बैठकमा अनुपस्थित रहेको जानकारी गराएपछि सांसदहरूले आपत्ति जनाएका हुन् । सभामुखले कोइरी मिति २०७९ माघ २५ गतेदेखि २०८० वैशाख १५ ...

सत्तापक्षद्वारा संसद् अवरुद्ध (फोटो फिचर)

काठमाडौँ : प्रतिनिधिसभाको शुक्रवारको बैठकमा एमाले सांसद लक्ष्मी महतो कोइरीको विषयलाई लिएर चर्काचर्की भएपछि सत्तापक्षले संसद् अवरोध गरेको छ।सभामुख देवराज घिमिरेले सांसद कोइरी उपचारमा रहेका कारण संसद् बैठकमा अनुपस्थित रहेको जानकारी गराएपछि सांसदहरूले आपत्ति जनाएका हुन्। सभामुखले कोइरी मिति २०७९ माघ २५ गतेदेखि २०८० वैशाख १५ गतेसम्मका  २१ वटा बैठकमा स्वास्थ्योपचारका कारण अनुपस्थित रहेको जानकारी गराएका थिए।सभामुखको कुरामा विरोध जनाउँदै सत्तापक्षका सांसदहरूले संसद् अवरोध गरेका थिए। सोही कारण बैठक

अभियुक्त सांसद कोइरी बर्खास्त न निलम्बित

सुरक्षाकर्मीको हत्या अभियोगमा फरार एमाले सांसद लक्ष्मी कोइरी महतो अझै निलम्बनमा परेका छैनन् । फरार सांसद निलम्बन हुने प्रतिनिधिसभा नियमावलीको व्यवस्थाविपरीत उनी सांसदकै हैसियतमा छन् । ‘सदनलाई सूचना नदिई लगातार १० वटा बैठकमा अनुपस्थित रहे’ बर्खास्त हुने संवैधानिक व्यवस्थाअनुरूप पनि उनीमाथि कारबाही प्रक्रिया अघि बढाइएको छैन ।

कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बित, एमाले सांसद कोइरी सुरक्षित !

संघीय संसद सचिवालयले एक सूचना जारी गर्दै कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बनमा परेको जनाएको छ । मंगलबार संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले एक सूचना जारी गर्दै सांसद गुरुङले भ्रष्टाचार गरेको सम्बन्धी मुद्दा विशेष अदालतमा विचाराधीन रहेको भन्दै निलम्बन भएको जनाएका हुन् । गौतमले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम मुद्दा दायर भएकोमा त्यस्तो राष्ट्र सेवक सो मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहनेछ भन्ने व्यवस्था समेत रहेको उल्लेख गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखे