यो तिहारमा पनि बालगोपाल रानीपोखरी बाहिरै

काठमाडौं : रानीपोखरीबीचको बालगोपालेश्वर मूर्ति तीन वर्षदेखि राष्ट्रिय संग्रहालय, छाउनीमा छ। दिदी–बहिनी नहुनेका लागि वर्षमा एक पटक मात्रै खुल्ने मन्दिरमा यही मूर्ति साक्षी राखेर भाइटीका लगाउने परम्परा थियो। भुइँचालो आएपछि पनि यो परम्परात रोकिएको छैन। तर, त्यस दिनका लागि हरेक वर्ष संग्रहालयबाट यहाँ मूर्ति ल्याउनुपर्छ। ...