बर्दियाको सदरमुकाम गुलरियामा दुई थान कटुवा पिस्तोलसहित आएका दुई जना भारतीयलाई स्थानीयले नियन्त्रणमा लिएका छन् । बिहीबार दिउसो जिल्ला प्रहरी कार्यालय, बर्दियाको मूलद्वारदेखि पूर्व करिब २५ मिटर दूरीमा लुटपाट गर्ने उद्देश्यले आएका उनीहरूलाई नियन्त्रणमा लिएपछि स्थानीयले प्रहरीलाई बुझाएका छन् ।