यी हुन् काठमाडौं उपत्यकाभित्र सबैभन्दा बढी कर तिर्ने २५ करदाता

काठमाडौं: आन्तरिक राजश्‍व विभागले काठमाडौं उपत्यकाभित्रबाट विभिन्न कर कार्यलयबाट बढी राजश्‍व बुझाउने करदातालाई सम्मान गरेको छ। कर सप्ताह २०७४ को अन्तिम दिन बिहीबार आर्थिक वर्ष २०७३/०७४ मा सबैभन्दा बढी कर बुझाउने करदातालाई सम्मान गरेको हो। त्यस्तै, उपत्यकाभित्रका कर कार्यलयहरूमा सबैभन्दा राम्रो काम गर्ने १९ कर्मचा...

सम्बन्धित सामग्री

कर राजस्वमा उच्च योगदान गर्ने व्यक्ति तथा संस्थालाई परिसंघको सम्मान

काठमाडौं। नेपाल उद्योग परिसंघले राष्ट्रिय कर दिवस २०८० को अवसरमा नेपाल सरकारबाट सम्मानित भएका उच्च करदातालाई सम्मान गरेको छ । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा १६ संस्था तथा व्यक्तिलाई उच्च करदाताको रूपमा सम्मान गरेको थियो । सम्मानितमध्ये दुई सरकारी लगानी रहेका कम्पनी र १४ निजी एवं सार्वजनिक क्षेत्रका छन् । परिसंघले निजी एवं सार्वजनिक क्षेत्रका १४ उच्च करदातालाई सम्मान गरेको हो । १४ मध्ये ११ परिसंघका सदस्य छन् ।  आर्थिक वर्ष २०७८/७९ मा सबैभन्दा बढी कर तिर्ने करदातामध्ये निर्यात कारोबारमा डाबर नेपाल प्रालि, विशेष उद्योगमा एशियन पेन्ट्स प्रालि, कृषि एवं पशुपन्छीजन्य उद्योगमा ओसीबी फुड्स एण्ड फिड्स प्रालिलाई परिसंघले सम्मान गरेको हो । यस्तै, सहकारी तथा लघुवित्तको कारोबार गर्ने संस्थामा छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, बैंक वित्तीय संस्थाको कारोबार गर्ने संस्थामा ग्लोबल आइएमई बैंक लिमिटेड, बीमा व्यवसायमध्ये लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड, स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक संस्थामा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रालि, पर्यटन व्यवसायमा मनकामना दर्शन प्रालिलाई परिसंघले सम्मान गरेको छ । यसैगरी, वस्तु व्यापारको कारोबारमा भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर प्रालि, ऊर्जामूलक उद्योगमा भोटेकोशी पावर कम्पनी प्रालि, रेमिटेन्स तथा मनी ट्रान्सफरको कारोबारमा आइएमई लिमिटेड, व्यक्तिगत आयतर्फ सबैभन्दा बढी कर तिर्ने विजयकुमार शाह, सबैभन्दा बढी कुल आन्तरिक राजस्व दाखिला गर्ने र आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी मूल्य अभिवृद्धि कर दाखिला गर्ने सूर्य नेपाल प्रालिलाई परिसंघले सम्मान गरेको छ ।  परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले उच्च करदाता हुनु व्यक्तिगत एवं संस्थागत उपलब्धि मात्रै नभएर राज्यप्रतिको महत्त्वपूर्ण योगदान भएको बताए । कार्यक्रममा परिसंघका गभर्निङ काउन्सिल सदस्य अनुज अग्रवाल, उपाध्यक्षहरू वीरेन्द्रराज पाण्डे, हेमराज ढकाल, अमित मोर, पदाधिकारी सदस्य सन्दीप शारडा लगायत सहभागी थिए ।

सबैभन्दा बढी कर तिर्ने प्रभु क्यापिटल सम्मानित

काठमाडौं, १२ मंसिर । प्रभु क्यापिटल लिमिटेड आर्थिक वर्ष २०७७/७८ मा सेवा क्षेत्रमा मध्ये सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा सम्मानित भएको छ । एघारौं राष्ट्रिय कर दिवस २०७९ को अवसरमा आन्तरिक राजस्व विभाग तथा सो अन्तरगतका कार्यालयहरुले आर्थिक वर्ष २०७७/७८ मा विभिन्न विधामा अधिकतम कर योगदान पु¥याउने करदाता संस्था र व्यक्तिहरुलाई सम्मान गरेको छ […]

गत वर्ष बढी कर तिर्ने संस्था तथा व्यक्तिहरु सम्मानित

काठमाडौं । आन्तरिक राजश्य विभागले गत आर्थिक वर्ष २०७७/०७८ सबै भन्दा बढी कर तिर्ने संस्था तथा व्यक्तिहरुलाई सम्मान गरेको छ । संस्थागततर्फ सुर्य नेपाल सबै भन्दा धेरै कर तिर्ने करदाता बनेको हाे । व्यक्तिगत करदातातर्फ भने सबै भन्दा धेरै कर तिर्नेमा विजयबहादुर शाह पर्नुभएको छ । शाह जावलाखेल डिष्टिलरी, हिमालयन डिष्टिलरी, राज ब्रुअरी, एशियन डिस्टिलरी र विजय […]

सबैभन्दा बढी कर बुझाउने उत्कृष्ट करदाता सम्मानित

काठमाडौं । आन्तरिक राजस्व विभागले विभिन्न १५ विधामा मुलुकलाई बढी कर तिर्ने उत्कृष्ट १५ करदाताहरूलाई सम्मान गरेको छ । १०औं राष्ट्रिय कर दिवसको अवसरमा बुधबार अर्थमन्त्री जनार्दन शर्माले यसरी सम्मानित हुने उत्कृष्ट करदाताहरूलाई सम्मानपत्र हस्तान्तरण गरेका हुन् । एक वर्षको अवधिमा सबैभन्दा बढी कर तिर्ने र सम्मानित हुने संस्थामा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) […] The post सबैभन्दा बढी कर बुझाउने उत्कृष्ट करदाता सम्मानित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सबैभन्दा बढी कर तिर्ने सूर्य नेपालसहित १५ कम्पनी सम्मानित

काठमाडौं : आन्तरिक राजस्व विभागले मुलुकभरबाट छनोट गरी सबैभन्दा बढी कर तिरेर उत्कृष्ट घोषित १५ करदातालाई सम्मान गरेको छ।  आर्थिक वर्ष २०७५÷७६ मा सबैभन्दा बढी कर तिर्नेमा सूर्य नेपाल प्राली रहेको छ। सूर्य नेपाल विगतमा पनि पटकपटक उत्कृष्ट करदाता घोषित भएको थियो। निर्यातकर्तामध्ये डाबर नेपाल प्रालीले सबैभन्दा बढी आयकर तिरेको छ। सबैभन्दा बढी आयकर तिर्ने विशेष उद्योगतर्फ हिमाल पावर लिमिटेड रहेको विभागले जनाएको छ। सबै उत्कृष्ट करदातालाई आज काठमाडौँमा विशेष समारोहका बीच सम्मान गरिएको थियो। कृषि तथा पशुपक्...

छैटाैँ पटक सबैभन्दा बढी कर तिर्नेमा सिद्धार्थ शमशेर, यी हुन् १० उत्कृष्ट करदाता

काठमाडौं : व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्ने व्यक्तिमा  सिद्धार्थ शमशेर जबरा परेका छन्।  आन्तरिक राजस्व विभाग कर दिवस मनाउन सुरु गरेदेखि १० विधामा सबैभन्दा धेरै कर तिर्नेलाई सम्मान गर्दै आएकाे छ। आठपटक यस्ताे सम्मान गरेकाेमा सिद्धार्थ शमशेर छैटाैँ पटक सबैभन्दा बढी आयकर तिरेर सम्मानित भएका हुन्। १० विधामा धेर...

यी हुन् १५ विधाका उत्कृष्ट करदाता, अर्थमन्त्रीले गरे सम्मान

१ मंसिर, काठमाडौं । गत आर्थिक वर्ष ०७५/७६ मा बढी कर तिर्ने विभिन्न क्षेत्रका उद्योगीहरूलाई अर्थमन्त्री युवराज खतिवडाले सम्मान गरेका छन् । आठौं कर दिवसको अवसरमा आइतबार बिहान आयोजित एक कार्यक्रमका बीच अर्थमन्त्री खतिवडाले १५ …

जहाँ आर्थिक केन्द्र त्यहाँ आन्तरिक राजस्व विभाग, यी हुन् करदाता बढाउने उपाय

काठमाडौं : सरकारी तथ्यांकअनुसार नेपालमा कर तिर्ने जनसंख्या ६ प्रतिशत अर्थात् १८ लाख छ। अबको पाँचमा वर्ष १२ लाख थपेर ३० लाख करदाता पुर्‍याउने लक्ष्य सरकारले लिएको छ। करदातालाई प्रोत्साहन करको दायरा वृद्धि गर्ने मुख्य औजार भएको विभागले जनाएको छ।  पछिल्लो सात वर्षदेखि विभागले सबैभन्दा बढी कर तिर्ने करदाताहरूलाई...