पार्टीको तत्कालीन नीति, योजना र कार्यक्रमबारे प्रचण्ड : सोसल मिडियाको अधिकतम उपयोगदेखि सांस्कृतिक रूपान्तरणसम्म

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीको जारी आठौँ राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा सोमबार राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । प्रचण्डले सो प्रतिवेदनलाई '२१ औँ शताब्दीमा समाजवादको नेपाली बाटो' नाम दिएका छन् । प्रतिवेदनमा प्रचण्डले पार्टीका तत्कालीन नीति, योजना र कार्यक्रमको रूपरेखा प्रस्तुत गरेका छन् । समायोजनको रणनीति र समाजवाद उन्मुख समृद्धिको कार्यनीति अन्तरगत जनवादी क्रान्तिका बाँकी कार्यभार पुरा गर्दै समाजवादको आधार निर्माण गर्न प्रचण्डले