अस्थायी मुकामबारे मन्त्रीबीच नै विवाद हुँदा मन्त्रिपरिषद् बैठक स्थगित

सात प्रदेशका अस्थायी मुकाम तोक्ने विषयमा विवाद हुँदा मन्त्रिपरिषद् बैठक स्थगित भएको छ। बैठकमा मन्त्रीहरुले आआफ्नो क्षेत्रमा अस्थायी राजधानी राख्न लबिङ गरेका थिए। वाणिज्य मन्त्री मीनबहादुर विश्वकर्माका अनुसार बैठकमा दीपक बोहोराले प्रदेश ५ को अस्थायी मुकाम बुटवलमा राख्न प्रस्ताव गरेका थिए। उनले कांग्रेस नेता बालकृष्ण खाँड पनि यो विषयमा सहमत रहेको बताएका थिए। प्रधानमन्त्री शेरबहादुर…