आजदेखि राष्ट्रिय सभा बैठक सुरु, प्रतिनिधि सभा विघटनको मुद्दा चर्को रुपमा उठ्ने

काठमाडौं । आज (पुस १७) देखि राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरु हुँदैछ । सत्तारुढ दलभित्रको खिचातानीका कारण प्रतिनिधिसभा विघटन भएको अवस्थामा राष्ट्रियसभाको बैठक बस्न लागेको हो । अधिवेशनबीचको अन्तर छ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्थाअनुसार आज (शुक्रबार) देखि राष्ट्रियसभाको अधिवेशन सुरु हुन लागेको हो । दिउँसो ४ बजेबाट अधिवेशन सुरु हुने संसद सचिवालयले जनाएको छ । सचिवालयका अनुसार कोरोना जोखिम न्यूनीकरणका लागि सांसदबीच दूरी कायम गरेर अधिवेशन बस्ने छ । यसअघि सबै सदस्यहरुको पीसीआर परीक्षण गरिएको छ । दुई वर्ष कार्यकाल बाँकी हुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि बस्न लागेको राष्ट्रिय सभाको बैठकलाई चासोको रुपमा हेरिएको छ । प्रतिनिधिसभा विघटनाको विषयलाई राष्ट्रियसभामा उठाउने तयारी सत्तापक्ष र विपक्षी दलका सांसदले गरेका छन् । बिहीबार बसेको राष्ट्रियसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले सभाको सम्भावित कार्यसूचीसमेत सार्वजनिक गरेको छ । सार्वजनिक सम्भावित कार्यसूची अनुसार अधिवेशन प्रारम्भबारे राष्ट्रपति कार्यालयको पत्रबारे जानकारी गराइनेछ । त्यसैगरी मन्त्रिपरिषद् पुनर्गठनबारे राष्ट्रपति कार्यालयको पत्रको जानकारी पनि सभामा गराउने कार्यसूची छ । त्यसैगरी बैठकमा अधिवेशन नचलेको अवस्थामा बाधा अड्काउबाट भएको समिति गठनको आदेश पनि अनुमोदनका लागि सदनमा पेस गरिने छ । यस्तैै अधिवेशन प्रारम्भका अवसरमा संसदीयदलका नेताहरूले सम्बोधन गर्ने पनि सम्भावित कार्यसूचीमा उल्लेख छ । त्यस्तै अधिवेशन नभएको अवधिमा सरकारको सिफारिसमा विभिन्न समयमा जारी भएका सातवटा अध्यादेश पनि पेस हुनेछन् । यसबीचमा तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमन, संवैधानिक परिषद् काम, कर्तव्य र अधिकारसम्बन्धी पहिलो संशोधन अध्यादेश, नेपाल प्रहरी तथा प्रदेश प्रहरीको कार्यसञ्चालन तथा सुपरिवेक्षणसम्बन्धी अध्यादेश, सामाजिक सुरक्षा अध्यादेश जारी भएका थिए ।

सम्बन्धित सामग्री

राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । यसअघि ३ माघमा दिउँसो १ बजे बस्ने गरी बैठक तोकिएको थियो । तर, विशेष कारणवश सो दिन बस्न नसक्ने भएकाले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको संघीय संसदका महासचिव डा.भरतराज गौतमले […] The post राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित appeared first on राजधानी राष्ट्रिय दैनिक.

राष्ट्रिय सभा बैठक बुधबारसम्मका लागि स्थगित

प्रमुख प्रतिपक्षी दल एमाले सांसदहरूको अवरोधका कारण राष्ट्रिय सभा बैठक प्रभावित भएको छ ।