बार र बेन्च एक ठाउँमा उभिनुपर्छ : कामु प्रधानन्यायाधीश कार्की

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायालयको उचाइलाई सकारात्मक दिशामा अगाडि बढाउन बार र बेन्च एक ठाउँमा उभिनुपर्ने बताएका छन् । नेपाल कानुन व्यवसायी परिषदको २९ औँ दिवसका अवसरमा आज आयोजना गरिएको ‘बधाई तथा सम्मान’ कार्यक्रममा उनले न्यायालयलाई सकारात्मक दिशामा अगाडि बढाउन बार र बेन्चबीच एकता हुनुपर्ने बताएका हुन् ।“न्यायपालिकाको स्वतन्त्रता र स्वच्छतामा कमीकमजोरी भए औँल्याइदिनुस्, त्यसलाई सम्बोधन गर्न अथक प्रयास गर्नेछौँ”, कामु प्रधानन्यायाधीश कार्कीले भने, &ldquo