मुख्यमन्त्री पोखरेल सहभागी कार्यक्रम बहिष्कार गर्ने चार दलको निर्णय

बुटवल । लुम्बिनी प्रदेशका चार राजनीतिक दलले मुख्यमन्त्री शंकर पोखरेल सहभागी हुने कार्यक्रम बहिष्कार गर्न अपिल गरेका छन् । आज बुटवलमा पत्रकार सम्मेलन गर्दै नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपा नेपाल र राष्ट्रिय जनमोर्चाको गठबन्धले  मुख्यमन्त्री पोखरेल सहभागी कार्यक्रम बहिष्कार गर्न अपिल गरेका हुन् । अहिलेको सरकार अवैधानिक भएको भन्दै विपक्षी गठबन्धनले प्रदेशभर मुख्यमन्त्री सहभागी हुने कार्यक्रम बहिष्कार गर्न आम जनसमुदायमा अपिल गरेको हो ।सोमबार दिउँसो बसेको चार दलको संयुक्त बैठकपछि पत्