भजनीका बाढी पीडित एक सातापछि घर फर्कन थाले, तर अझैँ तीन हजार बढी विस्थापित

–दुर्गा देवकोटा/ कैलालीको भजनीका बाढी पीडित एक सातापछि घर फर्कन थालेका छन् । डुबानमा परेका घरमा पानी सुक्दै गएपछि बाढीपीडित घर फर्कन थालेका हुन् । घर फर्केका नागरिक भत्केका घर मर्मत, घरभित्र जम्मा भएको हिलो सरसफाइ र बचेका अन्नपात र लत्ताकपडा सुकाउन थालेका छन् । भजनीमा सात हजार ९६ परिवार बाढीका कारण विस्थापित भएका थिए […]