दुई तिहाइ जनसंख्याको बसोबास नगरपालिकामा

१० वैशाख, काठमाडौ । २०७८ सालको जनगणना अनुसार नेपालको दुई तिहाइ जनसंख्याको बसोबास शहरी क्षेत्रमा रहेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले आइतबार गाउँपालिका र नगरपालिकामा बसोबास गर्नेको जनसंख्या विवरण सार्वजनिक गरेको छ । जस अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ मध्ये नगरपालिकामा १ करोड ९२ लाख ९६ हजार ७८८ […]

सम्बन्धित सामग्री

अमेरिकामा अश्वेत जातिको जनसंख्या ३२ प्रतिशतले वृद्धि

वासिंगटन डिसी । अमेरिकामा अश्वेत जातिको जनसंख्या तीव्र गतिमा बढेको छ । प्यू रिसर्च सेन्टरको सरकारी तथ्याङ्कको विश्लेषण अनुसार अमेरिकामा बसोबास गर्ने अश्वेत मानिसहरूको जनसंख्या सन् २०२२ मा ४७.९ मिलियनको नयाँ उचाइमा पुगेको छ, जुन सन् २००० देखि करिब एक तिहाइ वा ३२ प्रतिशतले रेकर्ड गरिएको छ। यस अवधिमा अश्वेत जनसंख्यामा वृद्धि दुई वा बढी जातिको रूपमा देखिएको […] The post अमेरिकामा अश्वेत जातिको जनसंख्या ३२ प्रतिशतले वृद्धि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सुगममा बसोबास रित्तिँदै गाउँ

रामेछाप जिल्लाको मन्थली नगरपालिका–३, कठजोरस्थित पुरानागाउँ रित्तिन थालेको छ। जिल्ला सदरमुकाम मन्थलीबाट लगभग १४ किलोमिटर दूरीमा रहेको यो गाउँका बासिन्दा खानेपानी, शिक्षा, स्वास्थ्य, यातायात, रोजगारीलगायतका भौतिक सुविधा नभएको भन्दै सुगम ठाउँ सदरमुकाम मन्थली र राजधानी काठमाडौँमा स्थानान्तरण भएका छन्। गाउँ छाड्ने क्रम बढेपछि बरुवाल, सुवेदी, बस्नेत, खड्का, गिरी जातिको बसोबास रहेको पुरानागाउँको बस्ती नै रित्तो हुँदै गएको छ। यो गाउँमा ४० देखि ५० घरपरिवारको बसोबास थियो। अहिले एक तिहाइ घरपरिवारको पनि यहाँ बसोबास छैन। पुरानागाउँमा अहिले जम्मा १३ घरपरिवारको बसोबास रहेको स्थानीय कुमार बरुवालले बताउनुभयो।

देशको दुई तिहाइ जनसंख्या सहरी क्षेत्रमा बसोबास

२०७८ सालको जनगणनामा शहरी जनसंख्या ६६ दशमलव ०८ प्रतिशत पुगेको छ भने ग्रामीण जनसंख्या छ ३३.९२ प्रतिशत पुगेको छ। राष्ट्रिय जनगणना २०६८ मा १७ दशमलव ०७ प्रतिशत शहरी जनसंख्या र...

सोलारबाट उत्पादित ५ मेगावाट विद्युत् प्रसारणलाइनमा जोडियो

नेपालको राष्ट्रिय प्रसारण लाइनमा सोलारबाट उत्पादित पाँच मेगावाट विद्युत् थपिएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा निर्माण सम्पन्न भएको सोलार फार्म प्रालिबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा थपिएको हो ।निजी क्षेत्रबाट प्रथम विद्युत् बिक्री सम्झौता गर्ने सो कम्पनीबाट उत्पादित विद्युत् बेलचौतारा सवस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । सो सौर्य ऊर्जा परियोजनाको आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले शुभारम्भ गरेकी हुन्।कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले सरकारी र निजी क्षेत्रको सहभागितामा ऊर्जाको विकास सम्भव रहेको बताईन्। सरकारले ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकता दिएको बताउँदै मन्त्री भुसालले भनिन्, “हामीसँग ठूलो स्रोत छ, तर सँगसँगै मिश्रित नीतिको ऊर्जामा पनि गएका छौँ ।” मन्त्री भुसालले राज्यको तर्फबाट सातै प्रदेशमा जलाशययुक्त आयोजना उत्पादन गर्ने निर्णय गरिएको र प्रदेश नम्बर २ मा २०० मेगावाट क्षमताको सोलार आयोजना निर्माण गर्ने निर्णय भएको जानकारी दिईन्। गरिबीको रेखामुनि रहेका जनतालाई २० युनिटसम्म निःशुल्क गर्ने निर्णय गरिएको र त्यसबाट २८ लाख परिवारका एक करोड ४० लाख जनता लाभान्वित हुने उल्लेख गरिन्।विद्युत् दर महँगो रहेको उल्लेख गर्दै मन्त्री भुसालले यसलाई न्यूनीकरणका लागि सरकारले निर्णय गरेको मन्त्री भुसालले बताईन्। “अब हाम्रो भान्सामा विद्युतीय चुलोको प्रयोग गरौँ, यसले हाम्रो अर्थतन्त्रको विकास हुन्छ”, उन्भल भनिन्, “सँगसँगै व्यापार घाटा पनि न्यूनीकरणमा सहयोग पुग्छ ।”जलाशययुक्त आयोजनालाई प्राथमिकता दिएको चर्चा गर्दै मन्त्री भुसालले प्रदेश नम्बर १ मा दूधकोशी, प्रदेश नम्बर २ मा सोलार, गण्डकी प्रदेशमा बूढीगण्डकी, लुम्बिनीमा नौमुरे, कर्णालीमा नलसिंगाढ र सुदूरपश्चिममा पश्चिम सेती आयोजना निर्माणलाई प्राथमिकता दिइएको जानकारी दिईन् ।सन् २०१७ बाट निर्माण सुरु भएको परियोजना कोभिडका कारण ढिलाइ भएको प्रालिका अध्यक्ष मोहन गुरुङले जानकारी दिए  । “कोभिड सङ्क्रमण र निषेधाज्ञाका कारण तोकिएकै समयमा विद्युत् उत्पादन गर्न सकेनौँ, तर ढिलै भए पनि सोलारबाट विद्युत् उत्पादन गर्न सफल भएका छौँ”, गुरुङले भने, “सोलार आयोजना निर्माण गर्न सबैको सकारात्मक सहयोग प्राप्त भयो ।”कम्पनीले निकट भविष्यमा १५ मेगावाट विद्युत् उत्पादनको लक्ष्य लिएको छ । गुरुङका अनुसार म्याग्दी जिल्लामा १२ र तनहुँ जिल्लामा थप तीन मेगावाट विद्युत् उत्पादन गर्ने सोच लिइएको छ । आयोजनामा बेलायतमा बसोबास गर्ने नेपालीले स्थापना गरेको ‘नेपाल कर्पोरेटिभ इन्भेष्टमेन्ट समूह’ ले लगानी गरेको छ । रु ४३ करोडको लगानीमा आयोजना निर्माण सम्पन्न भएको हो । आयोजनामा डोल्मा इम्प्याक्ट फण्ड र स्थानीय केही व्यवसायीको पनि लगानी रहेको छ ।प्रालिका प्रमुख कार्यकारी अधिकृत एलएन पाण्डेले सरकारले मिश्रित ऊर्जा प्रणालीको अवधारणा ल्याएपछि सोलार परियोजना सुरु गरिएको जानकारी दिए  । सोलार परियोजना जलविद्युत्को तुलनामा एक तिहाइ कम लगानी हुने भएपछि सोलार परियोजनालाई जोड दिइएको कार्यक्रममा पाण्डेले बताए  ।डोल्मा इम्प्याक्ट फण्डका सञ्चालक एवं प्रालिका सञ्चालक विद्यावारिधी सिग्देलले नेपालमा नवीकरणीय ऊर्जा, सोलार, जलविद्युत्मा लगानी गरिएको जानकारी दिए  । उक्त फण्डबाट ७५ मिलियन अमेरिकी डलर पुँजी परिचालन गरिएको छ । शुक्लागण्डकी उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिकुमार श्रेष्ठले सबैको सहयोगबाट सौर्य परियोजना निर्माण सम्पन्न भएकामा धन्यवाद ज्ञापन गरे।आयोजनामा १३ हजार ५०० सौर्य प्यानल जडान गरिएको छ । प्रालिले बेलचौतारास्थित भानुभक्त क्याम्पसको १०० रोपनी जग्गा भाडामा लिएको छ । नेपाल विद्युत् प्राधिकरणसँग विसं २०७५ साउनमा विद्युत् खरिद सम्झौता (पिपिए) हुँदा आयोजनाबाट विसं २०७६ साउनदेखि विद्युत् उत्पादन सुरु गर्ने तालिका थियो । सुरुमा प्रसारण सम्झौता हुँदा उत्पादन हुने विद्युत् दमौली सवस्टेसनमा जोडिने भनिएको थियो । अहिले ५०० मिटर दूरीको बेलचौतारा सवस्टेसनमा जोड्ने गरी प्राधिकरणसँग प्रसारण सम्झौता संशोधन गरिएको छ ।भारतको रेनेर्गो कम्पनीले सोलार परियोजना निर्माण गरेको हो । सोलार परियोजना नेपालकै नमूना भएको कम्पनीले जनाएको छ । विश्वका उच्च प्राविधिको उपकरण यहाँ जडान गरिएको बताइएको छ । आयोजनाबाट दैनिक करिब २४ हजार युनिट विद्युत् उत्पादन हुनेछ । आयोजनाले उत्पादन गरेको विद्युत् प्राधिकरणले २५ वर्षसम्म प्रतियुनिट रु ७.३० मा खरिद गर्नेछ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार गरेको ‘ग्रिड कनेक्टेड सौर्य विद्युत् विकाससम्बन्धी कार्यविधि २०७४’ अनुसार प्राधिकरणसँग पिपिए गर्ने यो पहिलो सौर्य विद्युत् आयोजना हो ।

रोजगारी र अध्ययनका लागि रोजाइमा जापान

रोजगारी तथा अध्ययनको सिलसिलामा जापान आई बसोबास गर्ने नेपालीहरुको संख्यामा वृद्धि भई ८८ हजार ९ सय ५१ पुगेको छ । रोजगारी, व्यवसाय र अध्ययनका लागि उपयुक्त देखिएपछि नेपालीको प्रमुख रोजाइको गन्तव्य देश जापान हुँदै गएको हो । जापानको न्याय मन्त्रालयले प्रकाशित गरेको पछिल्लो तथ्यांक अनुसार नेपालीहरुको बसोबास जापानको ४७ वटै प्रिफेक्चरमा रहेको पाइएको छ । जापानको ४७ वटै प्रिफेक्चरमा नेपालीहरु बसोबास गरेको पाइन्छ । सबैभन्दा बढी राजधानी टोकियोमा र कम तोत्तोरी प्रिफेक्चरमा बसोबास गरेको जापानको सरकारी तथ्यांकले देखाएको छ । टोकियोमा २७ हजार ५ सय ९८ जना नेपालीहरु बसोबास गर्दै आएका छन् । यो संख्या जापानमा रहेका नेपालीहरुको करिब एक तिहाइ हो ।