माओवादी उपमहासचिव पुन उपचारका लागि चीन प्रस्थान

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन फलोअप उपचारका लागि शुक्रबार बेलुकी चीन प्रस्थान गरेका छन् । पुरानै रोग वंशाणुतग रूपमा रहेको जण्डिसले फेरि सताएपछि नेता पुन चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गर्न इमिरेट्सको उडानबाट त्यसतर्फ गएको उनको सचिवालयले जनाएको छ ।