विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को उच्च जोखिमलाई मध्यनजर राख्दै डोल्पाको ठुलीभेरी नगरपालीकाले कोरोना नियन्त्रण पूर्व सतर्कताको लागि विपद् व्यवस्थापन कोष स्थापना गरेको छ। वर्तमान विषम परिस्थतीमा बसेको नगरपालिकाको कार्यपालिका बैठकले दश लाखको विपद् व्यवस्थापन कोष स्थापना गरेको हो।