डलरको सञ्चिती घटिरहे नेपालको अवस्था श्रीलंकाको जस्तो हुन सक्छ : पूर्वअर्थमन्त्री पाण्डे

जेठ १८, काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले डलरको सञ्चिती घट्ने क्रम जारी रहे नेपालको अवस्था श्रीलंकाको जस्तो हुनसक्ने बताएका छन् । बुधवार आर्थिक वर्ष २०७९/ ८० को बजेटमाथिको छलफलमा बोल्दै उनले यो अवस्थाले श्रीलंकाको जस्तो अर्थतन्त्र धरासयी हुने संकेत देखिएको बताए । उनले हरेक महीना १२ देखि १५ करोड डलर घट्दै गएको भन्दै उनले यस्तै अवस्था रहे बजेटको लक्ष्य पूरा हुन नसक्ने बताए । उनले भने, ‘यस वर्षको हाम्रो ९ करोड ६१ अर्ब डलर रिजर्भ छ । २ अर्ब ७० करोड डलरको साउनदेखि अहिलेसम्म डिपोजिट घटेको छ, हरेक महीना १२ देखि १५ करोड डलर घट्दै छ । डलरको डिपोजिट घटिरह्यो भने हाम्रो आयात घट्ने छ । हामीले फरेन करेन्सी दिन सक्दैनौं ।’ उनले सरकारले बृद्धभत्ता बढाएर मासिक ५ हजार पुर्‍याउनुपर्नेमा वृद्धभत्ता प्राप्त गर्ने उमेर घटाएकोमा विरोध पनि गरेका छन् । बजेटले मुलुकको वर्तमान आर्थिको संकट समाधान गर्नतिर ध्यान नदिएको उनको भनाइ छ । अहिले पनि किसानले मल नपाउने अवस्था रहेकाले त्यो समस्याको समाधान नगरी कृषि उत्पादन बढाउन नसकिने उनको भनाइ छ । वर्षे बाली लगाउने समयमा भारतबाट मल कहिले आउँछ टुङ्गो नभएको अवस्थामा मलमा बजेट आधा छुट्टाएर उत्पादन बढाउन नसकिने पनि उनले बताए ।

सम्बन्धित सामग्री

नेपालको वैदेशिकभन्दा आन्तरिक ऋण बढ्न थाल्योः पूर्वअर्थमन्त्री पाण्डे

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले नेपालको वैदेशिक ऋणभन्दा आन्तरिक ऋण वृद्धि भइरहेको बताएका छन् ।

बिआरआईबाट ठूलो अपेक्षा नराख्नुस्ः पूर्वअर्थमन्त्री पाण्डे

काठमाडौँ – एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालले चीन सरकारले दिने ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बिआरआई) सहयोगको ठूलो अपेक्षा गर्न नहुने बताएका छन्। काठमाडौंमा शुक्रबार भएको एक अन्तरक्रिया कार्यक्रममा पाण्डेले चीनले नेपालबाट आफ्नो देशमा कुनै किसिमको हस्तक्षेप नहोस् भनेर बिआरआई सहयोग गर्ने नीति लिएको भन्दै नेपालले चीन सरकारले दिने बिआरआई सहयोगको ठूलो अपेक्षा गर्न […]

‘बिआरआई’बाट ठूलो अपेक्षा नराख्नुस् : पूर्वअर्थमन्त्री पाण्डे

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालले चीन सरकारले दिने ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बिआरआई) सहयोगको ठूलो अपेक्षा गर्न नहुने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा भएको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै पाण्डेले चीनले नेपालबाट आफ्नो देशमा कुनै किसिमको हस्तक्षेप नहोस् भनेर बिआरआई सहयोग गर्ने नीति लिएको भन्दै नेपालले चीन सरकारले दिने बिआरआई सहयोगको […]

कांग्रेस एकलौटी शासनको सपना देखिरहेकाे छ : पूर्वअर्थमन्त्री पाण्डे

काठमाडाैँ-  पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका सांसद सुरेन्द्र पाण्डेले नेपाली कांग्रेसले एकलौटी शासनको सपना देखिरहेको टिप्पणी गरेका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले यस्ताे टिप्पणी गरेका हुन्। पूर्वमन्त्री पाण्डेले गठबन्धनलाई सँगै जान गाह्रो भइरहेको उल्लेख गर्दै चुनाव भएदेखि गठबन्धनका दलहरू सबै छुट्टिने थिए भन्ने कांग्रेसले चाहेको जिकिर गरे। उनले भने,  […]

बजेट खर्च भएन होइन अब खर्च गर्ने पैसा छैन : पूर्वअर्थमन्त्री पाण्डे

पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले मुलुकको बिग्रँदो आर्थिक अवस्थाको उपज बजेट खर्च गर्न पनि पैसा नहुने अवस्था आइसकेको बताएका छन् ।नेकपा एमालेका पूर्व अर्थमन्त्रीहरूद्वारा आइतबार राजधानीमा आयोजित  पत्रकार सम्मेलनमा बोल्दै नेता पाण्डेले बढ्दो आयात, चालू खाता घाटा तथा घट्दो रेमिट्यान्सले पारेको विदेशी मुद्राको सञ्चितिको दाबाबले अर्थतन्त्रमा संकट आउने त्रास देखिएको बताए । तर, उल्टै यसलाई रोक्न राष्ट्र बैंकले चालेको कदममा सरकार जाइलागेको आरोप उनले लगाए । तीव्र आयातका कारण

सहकारी ऐन संशोधन आवश्यक छ : पूर्वअर्थमन्त्री पाण्डे

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सहकारीलाई कृषि र उद्योग क्षेत्रमा सक्रिय बनाउनका लागि ऐन संशोधन गर्नुपर्ने बताए छ । उनले मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड दमकको रजत बर्षको अवसरमा आयोजना गरेको १ नं. प्रदेशस्तरीय कार्यशाला गोष्ठीमा सहकारीमा नवप्रविधिको प्रयोग वतर्मान वित्तीय संकट चुनौती र समानधाका उपायहरु विषयक कार्यपत्र प्रस्तुत गर्दै भने, ‘सहकारीले धनशक्ति र धनशक्तिसँगै अब प्राविधिक […]