कोरोना महामारी नियन्त्रणमा गम्भीर बन्न अस्पताललाई प्रशासनको आग्रह
संक्रमण नियन्त्रणका लागि अस्पताल, औषधि तथा अक्सिजनको व्यवस्थापनमा सबै पक्ष क्रियाशील भइरहेको भन्दै अक्सिजनको अभावलाई पूर्ति गर्न सबै पक्ष लागिरहेको प्रशासनको भनाइ छ।
काठमाडौंँ- काठमाडौँ जिल्ला प्रशासनले आसन्न जनैपूर्णिमा, गाइजात्रा र ऋषितर्पणी सांकेतिकरुपमा मात्र मनाउन आग्रह गरेको छ। कोरोना महामारी दिनदिनै बढ्दै गएको भन्दै प्रशासनले यी पर्व सांकेतिकरुपमा मात्र मनाउन आग्रह गरेको हो। स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गरि परम्परागत रुपमा सांकेतिक तवरले मनाउन र भिडभाडजन्य गतिविधी नगर्न आग्रह गरिएको छ।