धोनीको टोली ९७ रनमा अलआउट भएपछि मुम्बईले चेन्नई सुपरकिंग्सलाई पाँच विकेटले पराजित गरेको छ। यो हारसँगै २०२१ को च्याम्पियन चेन्नई सुपर किंग्सको टोली आईपीएल २०२२ को प्लेअफबाट बाहिरिएको छ । आईपीएल २०२२ मा मुम्बईको यो तेस्रो जित हो भने चेन्नईको आठौँ हार हो। दुवै टोलीले १२ खेल खेलिसकेका छन् । मुम्बई यसअघि नै प्लेअफको दौडबाट बाहिर भइसकेको छ । अब दुवै टोलीले थप दुई खेल खेल्नुपर्नेछ । आईपीएलको इतिहासमा मुम्बई र चेन्नईको कुनै पनि टोली प्लेअफमा पुग्न नसकेको यो पहिलो पटक हो ।जवाफमा मुम्ब