खनाल-नेपाल समूहको छलफल : ओलीले कारबाही गरे के गर्ने ? माओवादी केन्द्रसँग कसरी एकता गर्ने ?

काठमाडौं । नेकपा (एमाले) नेपाल–खनाल पक्षको राष्ट्रिय भेलाले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले कारबाही गरे कसरी अगाडि बढ्ने भन्ने सन्दर्भमा छलफल सुरु भएको छ । दुई दिनदेखि जारी राष्ट्रिय भेलामा बिहीबार छलफलका लागि त्यस सम्बन्धी सात बुँदा थप गरिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पक्षलाई गरेका कारबाही र अन्य निर्णयलाई कसरी सामना गर्दै अघि बढ्ने लगायतका बुँदाहरु थप गरिएको छ । पार्टीभित्र अहिले उत्पन्न अन्तरविरोध र समस्याको समाधान कसरी गर्नु उचित होला भनी सहभागीहरुको सुझाव मागिएको छ । यस्तै, अन्य वामपन्थी पार्टीहरु खासगरी नेकपा (माओवादी केन्द्र) सँग सहकार्य र एकता कसरी गर्ने भन्ने बुँदा पनि छलफलका लागि थपिएको छ । भेलामा कैयौं कार्यकर्ताहरुले केपी ओलीसँग कुनै पनि हालतमा मिल्न नहुने बरु अन्य वामपन्थी दलहरुसँग एकता गर्नुपर्ने सुझाव दिएको एक सहभागीले बताए । पार्टीमा ओलीले एकलौटी गरेको भन्दै वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल नेतृत्वको समूहले ललितपुरको सानेपमा बुधबारबाट सुरु भएको दुई दिने राष्ट्रिय कार्यकर्ता भेलामा ती बुँदाहरु थप गरी छलफल सुरु गरिएको हो । यस्ता छन् छलफलका लागि वितरित थप बुँदाहरु १) कार्यक्षेत्रमा हाम्रो पक्ष र अन्य पक्षको संगठनात्मक र प्रभावको स्थिति कस्तो छ ? केपी गुटले सिर्जना गरेका बाधा अवरोध लगायतका क्रियाकलाप कस्तो रहेका छन ? २) पार्टी कमिटी र जनसंगठन तथा पेशागत संगठनहरुलाई अहिलेको स्थितिमा कसरी अगाडि बढाउन उचित होला ? ३) पार्टीभित्र उत्पन्न अन्तरविरोध र समस्याको समाधान कसरी गर्नु उचित होला ? केपी गुटले कारबाहीको नाम नाममा एकपक्षीय गुटगत भेलाबाट गरेका निर्णयहरुलाई कसरी लिने र आगामी दिनमा हुनसक्ने त्यस्ता कामकारबाहीप्रति कस्तो प्रतिक्रिया दिने ? केपी गुटले विभाजनको दिशा लिइरहेको स्थितिमा कसरी अगाडि बढ़ने ? ४) वर्तमान राजनीतिक परिस्थितिमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहहरुको सञ्चालनमा हामीले कस्तो भूमिका खेल्ने ? अन्य राजनीतिक दलहरु, विशेषतः नेकपा (माओवादी केन्द्र) लगायतका वामपन्थी पार्टी वा समूहहरुसंग एकता र सहकार्यको लागि के गर्नु उचित हुन्छ ? ५) नेकपा (एमाले) लाई विधान, विधि र पद्धतिसम्मत किसिमले ...

सम्बन्धित सामग्री

आम जनता पार्टी र क्रान्तिकारी कम्युनिष्ट एकता अभियानबीच एकता

काठमाडौं, १३ साउन । आम जनता पार्टी र क्रान्तिकारी कम्युनिष्ट एकता अभियानबीच एकता भएको छ। आज (शनिबार) काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी एकता सम्पन्न भएको हो । आम जनता पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रभु साहले अभियानका सबै पदाधिकारी तथा कार्यकर्ताहरुलाई पार्टीमा स्वागत गरेका थिए । एकता अभियानका संयोजक ज्ञानेन्द्र बहादुर तामाङ हुन् । सो […]

अखिल भारत नेपाली एकता मञ्च र प्रगतिशील नेपाली समाजबीच एकता

नेकपा माओवादी केन्द्र निकट अखिल भारत नेपाली एकता  मञ्च र डाक्टर बाबुराम भट्टराई निकट सङ्गठन प्रगतिशील नेपाली समाज समिति (भारत) बीच एकता भएको छ । एकतापछि सङ्गठनको नाम अखिल भारत नेपाली एकता मञ्च नै रहने बताइएको छ । एकताबारे जानकारी दिन जारी विज्ञप्तिमा समाजवादउन्मुख समृद्धि हासिल गर्दै समाजवादको आधार तयार पार्न तथा समाजवाद निर्माणको प्रकृयामा व्यवस्थितरुपमा अघि बढ्न एकताले सम्भव हुने उल्लेख गरिएको छ । ‘अहिले पनि प्रतिगामी र दक्षिणपन्थी शक्तिहरु संविधानविरुद्ध लागिरहेको छन् । द

लोसपा र राष्ट्रिय एकता पार्टी नेपालबीच एकता

काठमाडौं, २३ साउन । लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय एकता पार्टी नेपालबीच एकता भएको छ । आज (आइतबार) एक कार्यक्रमका बीच दुई पार्टीबीच एकता घोषणा भएको लोसपाका एक नेताले जनाए । प्रेमदीप थाम्सुहाङको नेतृत्वमा रहेको राष्ट्रिय एकता पार्टी नेपालले लोसपाको नाम, झण्डा र छाप स्विकार गरेको छ ।

लोसपा र राष्ट्रिय एकता पार्टीबीच एकता घोषणा

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी र प्रेमदीप थाम्सुहाङ नेतृत्वको राष्ट्रिय एकता पार्टी नेपालबीच एकता भएको छ । ती दुई पार्टीबीच आज एक कार्यक्रमका बीच एकता घोषणा भएको हो । राष्ट्रिय एकता पार्टी नेपालले लोसपाको नाम, झण्डा र छाप स्वीकार गरेको छ । लिम्बुवान आन्दोलन, सरकारसँग गरेको पाँच बुँदे सहमति, घाइते, अपाङ्ग र लिम्बुवान सहिदहरुलाई लोसपाले नेपालले स्वामित्व ग्रहण गर्ने सहमति भएको छ ।जिल्ला प्रदेशदेखि केन्द्रसम्मका राष्ट्रिय एकता पार्टी, नेपालका सबै संगठनहरुलाई लोसपा नेपा

चुनावी परिणाम र वाम एकता

वामको नाममा वामलाई नै बदनाम गर्ने केहीको वास्तविकता नबुझी वाम एकता, वाम एकता भनेर मात्र हुँदैन। अब वाम नामधारीहरू कि मासिनुपर्छ कि मिसिनुपर्छ। मासिनका लागि एमाले बलियो बनाउनुपर्छ भने मिसिनका लागि उनीहरू सच्चिनुपर्छ।...

राप्रपाको एकता महाधिवेशन सुरु

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन सुरु भएको छ । बुधबार काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन सुरु भएको हो । राप्रपा र राप्रपा संयुक्तको दुई वर्षअघि एकता भएपछि बुधबारदेखि काठमाडौंमा एकता महाधिवेशन सुरु भएको हो । उद्घाटन सत्रमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओली, […]

कम्युनिष्ट एकता आवश्यक छ, माओवादीसँग भविष्यमा एकता हुन्छ : विप्लव

म्याग्दी : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले मुलुकमा वैज्ञानिक समाजवाद स्थापनाका निम्ति कम्युनिष्ट एकता आवश्यक रहेको बताएका छन्।बुधबारदेखि म्याग्दीको सदरमुकाम बेनीमा सुरु भएको पार्टीको मगर मुक्ति मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।माओवादीसँग पार्टी एकता हुने भनेर सञ्चार माध्यमहरूमा आएको समाचारहरुप्रति टिप्पणी गर्दै महासचिव विप्लवले नयाँ विचार, सिद्धान्त र दृष्टिकोणमा अघि बढ्न सहमत भए मात्रै एकता सम्भव भएको बताए।&n

माओवादी केन्द्रसँग एकता हुन्छ: विप्लव

कैलाली । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले माओवादी केन्द्रसँग एकता हुन सक्ने बताएका छन् । धनगढीमा आयोजित दलित मुक्ति मोर्चाको पाँचौँ राष्ट्रिय सम्मेलनमा सहभागी भएका उनले भने, ‘हामी एकता गर्ने हो। तर, जनतालाई अलमल्याउने, झुक्याउने, पैसा र पदको प्रलोभन छोडेर जनताका पक्षमा पार्टी लाग्नुपर्छ। कुर्सी कब्जा गर्नका लागि मात्र हामी एकता गर्दैनौँ।’ […]

एमाले एकता टर्यो

काठमाडौं, २१ असार । नेकपा एमालेको एकता टरेको छ । दोस्रो पुस्ताका प्रभावशाली नेताहरुले पार्टी एकता जोगाउन निकै प्रयास गर्दा पनि सफल हुन नसकेपछि एकता टरेको हो । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आ-आफ्नो अडानबाट टसमस नभएपछि एकता प्रयासमा लागेका नेताहरु निराश भएका छन् । ओलीले केन्द्रीय कमिटी बैठकबाट आज साँझ […]