'मुख्यमन्त्री कप विजेताको आक्रोश : हाम्रो पुरस्कार प्रदेश सरकारले खाइदियो’

इलाम : नेपाली महिला राष्ट्रिय क्रिकेट टिमकी सदस्य कविता जोशीले फेसबुकमा स्टाटस पोष्ट गरिन्। जहाँ उनले मुख्यमन्त्री मन्त्री कप अन्तर प्रदेश प्रतियोगिताको पुरस्कार नपाएको गुनासो राखेकी थिइन्। उनले स्टाटसमा मुख्यमन्त्रीलाई आफैँले पुरस्कार बापतको १५ लाख रुपैयाँ खाने वाहना खोजेको भन्दै प्रश्नसमेत गरेकी छन्। सुदूरपश्चिम प्रदेश सामा...

सम्बन्धित सामग्री

सदनमा प्रश्न– खेलाडीलाई घोषित पुरस्कार किन नदिएको ?

काठमाडौं। सरकारले क्रिकेट खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको तर नदिएको विषयमा संसद्मा प्रश्न उठेको छ । नेपालको राष्ट्रिय टोलीले भारतसँग श्रीलंकामा एशियन कप खेल्दै गर्दा खेलाडीले यसअघि घोषित पुरस्कार नपाएको विषयले सदन तताएको हो । सोमवार प्रतिनिधिसभा बैठकमा क्रिकेट खेलाडीलाई दिने घोषणा गरेको पुरस्कार तत्काल दिन सांसदहरूले माग गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले सरकारले क्रिकेट खेलाडीलाई दिने भनेको रकम दिन प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरे । ‘नेपालले भारतसँग एशियन कप खेल्दै छ । हामी बधाई दिँदै छौं । म प्रधानमन्त्रीलाई सोध्न चाहन्छु शुभकामना लेख्दै गर्दा हातहरूमा डर लाग्छ कि, भिडियो कन्फ्रेन्समा बधाई दिँदै गर्दा तपाईंको अनुहार कस्तो हुन्छ ?’ सांसद शाहीले सोधे । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई लिग २ सिरिजका बेला ३ लाख, नेपाल, यूएई र पीएनजीसँग यूएईमा खेल्दा ३ लाख, नेपाल, यूएई र पीएनजीसँगको सिरिज जित्दा ३ लाख, प्रधानमन्त्रीले घोषणा गरेको २ लाख र एसीसी प्रिमियर कप जित्दा ६ लाख रुपैयाँ दिने घोषणा सरकारले गरेको थियो ।  ‘भारतीय कप्तान रोहित शर्माले १ वर्षमा २७ करोड कमाउँदा नेपाली कप्तान रोहितको ७ लाख २० हजारभन्दा बढी छैन । क्रिकेट खेलाडीलाई दिने भनेको पैसा किन रोकिएको हो ? यो पैसा छिटोभन्दा छिटो दिइओस् । होइन भने खोक्रो राष्ट्रवाद नदेखाइओस्,’ सांसद शाहीले भने । उनले घोषित पैसा दिन कसले रोक्यो भन्दै आक्रोश पनि पोखे । भोको पेटले राष्ट्रवादलाई कसरी कहाँसम्म धान्ने भन्दै प्रश्नसमेत गरे । बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले क्रिकेट खेलाडीलाई दिने भनिएको पुरस्कार रकम १ हप्ताभित्र दिन सरकारसँग माग गरे । प्रतिनिधिसभाको बैठकमा बोल्दै कसको कारणले दिने भनिएको पैसा रोकिएको हो भन्दै उनले सरकारमाथि प्रश्न गरे । उनले आक्रोशका साथ भने, ‘यत्रा दशकमा एउटा स्टेडियम बनाउन नसक्ने, प्रदेशका मुख्यमन्त्री काठमाडौं आएको बेला सुत्नको लागि बनाएको महल हेरौं त, दरबार हेरौं त ।’ क्रिकेट खेलाडीले पाउने मासिक पारिश्रमिक हेर्दा लाजलाई पनि लाज लाग्ने उनले टिप्पणी गरे ।  सोमवारकै प्रतिनिधिसभा बैठकमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव गरिएकोमा सर्वसम्मत रूपमा स्वीकृत भएको छ । सभामुखले देवराज घिमिरेले विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा कसैले पनि ‘हुन्न’ भनेनन् । हुन्न भन्ने आवाज नसुनिएको उल्लेख गर्दै सभामुख घिमिरेले प्रस्तुत प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत भएको घोषणा गरे ।  यसअघि यही भदौ १२ गते बसेको बैठकमा गणपूरक संख्या नपुगेका कारण यो विधेयक अगाडि बढ्न सकेको थिएन । अब यो विधेयकमाथि सांसदहरूले ७२ घण्टाभित्र संशोधन प्रस्ताव दर्ता गर्न सक्छन् ।

‘कठपुतली’ टिमको नयाँ फन्डा, फिल्म हेर्दा आइफोन-१२ पुरस्कार

२२ पुस, काठमाडौं । शुक्रबारदेखि प्रदर्शन भइरहेको चलचित्र ‘कठपुतली’ले बक्स अफिसमा सुखद् व्यापार गरिरहेको छ । यो चलचित्रले शुक्रबारबाट नै हलमा दर्शकको राम्रो साथ पाएको छ । मिश्रित प्रतिक्रियाका बाबजुद चलचित्रले दर्शकको अभाव झेल्नु परेको छैन । सञ्चारमाध्यममा आएका समीक्षालाई लिएर आक्रोश पोखेपछि ‘कठपुतली’का निर्देशक भीमसेन लामा भने विवादमा तानिए । मिडियामा आएका प्रतिक्रियालाई सहजै […]