कांग्रेस नेता भण्डारी स्वदेश फर्किए

काठमाडौं नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी स्वदेश फर्किएका छन्। ग्यास विस्फोटमा परी जलेर घाइते भएका भण्डारी करिब अढाई महिनापछि स्वदेश फर्किएका हुन्। फागुन ३ गते भण्डारीलाई उपचारका लागि भारत लगिएको थियो। भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टर उपचारपछि उनी स्वदेश फर्किएका हुन्।