नाडाको ४५ औ साधारणसभा सुरु, नेतृत्वका लागि भोलि निर्वाचन हुने

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४५ औं साधारणसभा राजधानीमा शुरु भएको छ । बुधबार अर्थमन्त्री जनार्दन शर्माले औपचारिक रुपमा सभाको उद्घाटन गरेका हुन् ।नाडाको नयाँ नेतृत्व समेत छनोट गर्ने यस सभाको उद्घाटनको सत्र आज रहेको छ भने सभाले संघको भावी नेतृत्वका लागि भोलि अर्थात् मंसिर २३ गते निर्वाचन गर्नेछ । यसपटक नाडामा व्यवसायीहरूबीच सहमति जुट्न नसकेपछि प्रत्यक्ष निर्वाचनमार्फत सभाले नाडाको कार्य समितिको टुंगो लगाउनेछ । अध्यक्षमा व्यवसायी करण चौधरी र ध्रुव थापाले उम्मेदवारी दिएका छन् भने चौधरी र