शल्यक्रिया खाँचो रहेका बेला मलमपट्टीले अर्थतन्त्र उकास्दैन : अध्यक्ष अग्रवाल

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले चौतर्फी चुनौती र समस्यामा रहेको अर्थतन्त्र सुधारका लागि ठूलो शल्यक्रियाको खाँचो रहेका बेला मलमपट्टीबाटै सरकारले शिथिल अर्थतन्त्र उकास्न खोजिरहेको बताएका छन् । मंगलबार परिसंघको २१औं वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष अग्रवालले मलमपट्टीवाला सोचले अर्थतन्त्रलाई उकास्ने नभइ थप संकटतर्फ लैजाने चेतावनी दिए ।