व्यावसायिक क्षेत्रमा छिट्टै खोपको व्यवस्थापन हुन्छः मन्त्री कँडेल

गण्डकी । गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्थामन्त्री मणिभद्र कँडेलले व्यावसायिक क्षेत्रमा छिट्टै खोपको व्यवस्था गर्ने बताउनुभएको छ । मन्त्री कँडेलको सम्मानमा होटेल तथा रेष्टुरेन्ट एशोसिएशन, लेखनाथद्वारा आज बेगनास तालमा आयोजित स्वागत कार्यक्रममा उहाँले कोरोना प्रभावित व्यवसायलाई पुनरुत्थान गर्न माग अनुसार खोपको व्यवस्थापन गर्न सरकार गम्भीर रहेको बताउनुभयो । पर्यटकीय रुपमा लेखनाथ क्षेत्र […]

सम्बन्धित सामग्री

‘कर्णालीका सबै नागरिकलाई कोरोना खोपको व्यवस्था हुन्छ’

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले कर्णालीका हरेक नागरिकलाई कोरोना खोपको व्यवस्थापन गर्ने बताउनुभएको छ । संवाद समूहद्वारा वीरेन्द्रनगरमा कर्णालीमा कोरोनाको अवस्था र तयारीका विषयमा गरिएको अन्तक्र्रियामा सबै नागरिकलाई कोरोना खोपको व्यवस्था प्रदेश सरकारले गर्ने बताएका छन् । औषधि र जनशक्तिको अभावमा कर्णालीका नागरिकले सेवाबाट वञ्चित नहुने जनाउँदै मन्त्री बुढाक्षेत्रीले सबैभन्दा पहिला नागरिकलाई बचाउनु सरकारको कर्तव्य भएकाले ध्यान नागरिकको स्वास्थ्यमा केन्द्रित भएको बताए ।ज