एमाले महाधिवेशन उद्घाटन सत्र सम्पन्न, सौराहा फर्किए नेताहरू

नेकपा एमालेको १० औँ महाधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको छ । उद्घाटन सत्र सकिए लगत्तै नारायणी नदी किनारबाट एमाले नेताहरू भोलिबाट सुरु हुने बन्द सत्रका लागि सौराहातर्फ लागेका छन् ।चितवनको नारायणी नदी किनारमा भएको उद्घाटन सत्रको अध्यक्ष केपी शर्मा ओलीले झण्डोत्तोलन गरेर उद्घाटन गरेको कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरूले सम्बोधन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनमा एमालेले आफ्ना लागि नभई देशका लागि बहुमत ल्याउनु पर्ने बताए । उनले वर्तमान सरकारलाई लक्षित