बेलायतका राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन भएको बकिङहाम राजदरबारले जानकारी दिएको छ। राजकुमार फिलिप रानी एलिजाबेथ द्वितीयका पति हुन्।
बकिङहाम राजदरबारद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘गहिरो दुःखका साथ महारानीले उनका श्रीमान एडिनबराका ड्यूक राजकुमार फिलिपको मृत्यु भएको घोषणा गरेकी छन्। महामहिमको आज बिहान विन्डसोर दरबारमा शान्तिपूर्वक निधन भएको छ।’…