मंगलवार बिहान बालुवाटारमा ओलीको चियापान कार्यक्रम, नेपाल र खनाललाई पनि निमन्त्रणा

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलवार चियापान कार्यक्रमको आयोजना गरेका छन्। मंगलवार बिहान ११ वजे बालुवाटारमा चियापान कार्यक्रमको आयोजना गरिएको नेता सुवास नेम्वाङले जानकारी दिए। चियापानमा पार्टीका केन्द्रीय कमिटी सदस्य सबै जनालाई बोलाइएको छ जसमा माधव नेपाल र झलनाथ खनाललाई पनि बोलाइएको नेम्वाङले बताए। चैत ૪…

सम्बन्धित सामग्री

ओलीको चियापान नेपाल-खनाल समूहद्वारा बहिष्कार, गौतम समूहको छुट्टै बैठक

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आयोजना गरेको चियापान कार्यक्रमलाई वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बहिष्कार गरेको छ । बिहान ११ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चियापान कार्यक्रम गर्न लागिएको हो । चियापानमा पार्टीका सबै केन्द्रीय सदस्यहरुलाई निमन्त्रणा गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मोबाइल एसएमएसमार्फत ओली समूहले पार्टीका सबै केन्द्रीय सदस्यलाई निम्तोसहितको सन्देश पठाएको छ । एमाले फुटको संघारमा पुगेको बेला ओलीले आयोजना गरेको चियापान कार्यक्रममा नेकपाको खनाल–नेपाल समूह भने नजाने भएको छ । अध्यक्ष ओलीले पार्टीमा एकलौटी गरेको भन्दै वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूह रुष्ट छ। गएको फागुन २८ गते ओलीले महासचिव बाहेक पार्टीका सबै पदाधिकारी खारेज गरेर विभिन्न प्रदेश तथा संगठनमा नयाँ नियुक्त गरेपछि एमालेमा विवाद तीव्र बनेको छ। विवाद समाधानको लागि सोमबार ओलीले खनाल–नेपाल समूहसँग छलफल गरेका थिए । तर, हिजोको छलफलमा दुबै पक्ष आ–आफ्नो अडानमा कायम रहेपछि एमाले विवाद अझ बढ्ने संकेत देखिएको छ । नेपाल–खनाल समूहले बुधवार र बिहीवार राष्ट्रिय कार्यकर्ता भेला गर्ने तयारी अघि बढाएको छ । नेपाल–खनालको आज पत्रकार सम्मेलन यसैबीच नेपाल–खनाल समूहले आज दिउँसो पत्रकार सम्मेलन आयोजना गर्दैछ । वरिष्ठ नेता माधवकुमार नेपाल निकट एक नेताका अनुसार ४ र ५ चैतमा गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलाको विषयमा जानकारी दिने उद्देश्यले पत्रकार सम्मेलन गर्न लागिएको हो । साथै समसामयिक राजनीतिक विषयमासमेत नेता नेपालले पत्रकार सम्मेलनमा आफ्ना धारणा सार्वजनिक गर्ने उनको भनाई छ । वामदेव समूहको आज बैठक बस्दै यता, एमाले उपाध्यक्ष वामदेव गौतमले आज (मंगलबार) आफू संयोजक रहेको ‘नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान’को बैठक राख्दै हुनुहुन्छ । उहाँका प्रेस सल्लाहकार विश्वमणि सुवेदीका अनुसार बैठक बिहान ११ बजे बल्खुस्थित सिद्धिगणेश पार्टी प्यालेसमा बस्दैछ । गौतमका प्रेस सल्लाहकार सुवेदीका अनुसार आज अभियानको कार्यसमिति नभई कार्यसम्पादन समितिको सानो समूहबीच छलफल गर्न लागिएको हो । यही फागुन २८ गते आफूपक्षीय केन्द्रीय सदस्यको बैठक राखेर अध्यक्ष ओलीले एमालेमा अध्यक्ष र महासचिवबाहेक सबै पद हटाउने निर्णय गरेपछि नेता गौतमको उपाध्यक्ष ...

आज बालुवाटारमा ओलीको चियापान कार्यक्रम, नेपाल र खनाललाई पनि निमन्त्रणा

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज (मंगलबार) चियापान कार्यक्रमको आयोजना गरेका छन् । आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा चियापान कार्यक्रमको आयोजना गरिएको हो ।