आठ करोड जरिवानासहित ठेक्का रद्द : पेस्की रकम फिर्ता, धरौटी जफत

वाईपी कन्स्ट्रक्सन प्रालिले १० वर्षसम्म पनि पुल निर्माण नगरेपछि सरकारले पेस्की रकम फिर्ता र कम्पनीको धरौटी रकम जफत गरेको छ। कम्पनीलाई आठ करोड ५७ लाख ९५ हजार ६२६ रुपियाँ जरिवानासमेत तोकिएको छ। मध्यपहाडी राजमार्गअन्तर्गत रुकुमपश्चिम र जाजरकोट जोड्ने भेरी नदीको पुल निर्माण गर्ने जिम्मा लिएको सो कम्पनीले पुल निर्माण अलपत्र पारेपछि सरकारले दुई करोड ६० लाख पेस्की रकम र ७२ लाख धरौटी रकम जफत गरेको हो। मध्यपहाडी राजमार्ग आयोजना कार्यालय दैलेखका अनुसार १० वर्षसम्म पनि पुल निर्माण नगरेपछि पेस्की रकम फिर्ता, धरौटी जफत गरेर जरिवाना गर्ने निर्णय गरिएको हो।