काठमाण्डाै - सार्वजनिक लेखा समितिले आफनो २१औँ वार्षिक प्रतिवेदन पारित गरेको छ । सभापति भरतकुमार शाहले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन समितिको आजको बैठकले सर्वसम्मतिले पारित गरेको हो ।
समितिले वर्षभरि गरेको काम कारबाहीको वार्षिक प्रतिवेदन सदनमा पेस गर्ने उद्देश्यले तयार गरिएको मस्यौदा प्रतिवेदनमाथि छलफल भइ पारित भएको समिति सचिव डा.रोजनाथ पाण्डले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, 'बेरुजु फर्स्याेट गर्ने सन्दर्भमा गठन भएका नौ उपसमितिले गरेका काम प्रतिवेदनमा समावेश छ, समसामयिक निर्णय, राष्...