चैत मसान्तसम्म मानुषी लघुवित्तले कमायो १ करोड ८६ लाख नाफा

वैशाख २१, काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीले चालू आर्थिक वर्षको ९ महीनामा रू. १ करोड ८६ लाख ५० हजार खुद नाफा गरेको छ । कम्पनीले यस वर्ष गत वर्षको भन्दा ५५ दशमलव ८८ प्रतिशत बढी खुद नाफा गरेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. २ करोड १९ लाखभन्दा बढी खुद नाफा गरेको थियो । कम्पनीको सञ्चालन मुनाफा ५६ दशमलव ८७ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले तेस्रो त्रैमासमा रू. ३ करोड १२ लाख सञ्चालन मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा यो कम्पनीले सञ्चालन मुनाफा १ करोड ९९ लाख रूपैयाँ आर्जन गरको थियो ।  एक वर्षको अवधिमा कम्पनीको जगेडा कोषमा ५३ दशमलव ७१ प्रतिशत रकम बढेको छ । गत आवको तेस्रो त्रैमासम्म कम्पनीको जगेडा कोषमा ३ करोड ४२ लाख रुपैयाँ थियो भने चालू आवको सोही अवधिमा उक्त कोषमा ५ करोड २६ लाख रुपैयाँ कायम भएको छ ।   समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १५ दशमलव ९७ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी २१ दशमलव ६२ प्रतिशत बढेको छ ।  कम्पनीको खराब कर्जा ३ दशमलव १७ प्रतिशत छ । वित्तीय विवरण अनुसार हाल यो कम्पनीको प्रतिशेयर आम्दानी (वार्षिक) ३४ दशमलव १० प्रतिशत, मूल्य आम्दानी अनुपात ३७ दशमलव १८ गुणा छ भने प्रतिशेयर नेटवर्थ १४८ दशमव १८ छ ।  हाल कम्पनीको चुक्तापूँजी १० करोड ९३ लाख रुपैयाँ रहेको छ । एक वर्षको अवधिमा कम्पनीको चुक्तापूँजी ५६ दशमलव २५ प्रतिशतले वृद्धि भएको हो । गत वर्षको चैतसम्ममा यो कम्पनीको चुक्तापूँजी ७ करोडरुपैयाँ थियो ।

सम्बन्धित सामग्री

धितोपत्र बजारमा छैन उत्साह, गत साता पनि लगानीकर्ताले ६० अर्बभन्दा बढी गुमाए

काठमाडौं । धितोपत्र दोस्रो बजार १ हजार ८६६ दशमलव ७९ विन्दुमा झरेको छ । पछिल्लो समय धितोपत्र बजारका लगानीकर्तामा उत्साह देखिएको छैन । जसको कारण बजार प्रभावित बन्दै आएको छ । गत साताको अन्तिम कारोबार दिन अघिल्लो साताको अन्तिम कारोबार दिनको तुलनामा धितोपत्र दोस्रो बजारको समग्र कारोबार मापक नेप्से परिसूचक ४१ दशमलव ७६ अंकले घटेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १ हजार ९०८ दशमलव ५५ विन्दुमा रहेको थियो । गत साता पाँच कारोबार दिनमा नेप्से परिसूचक एक कारोबार दिनमात्र बढेको छ । पहिलो कारोबार दिन २० अंकले घटेको नेप्से परिसूचक दोस्रो दिन १६ दशमलव ६७ अंक र तेस्रो दिन ५ दशमलव २० अंकले घटेको थियो । चौथो दिन ८ दशमलव ३९ अंकले बढेको बजार अन्तिम कारोबार दिन ८ दशमलव २८ अंकले घटेर बन्द भएको हो । चैत मसान्त नजिकिदैं जाँदा लगानीकर्ताहरूले कर्जाको ब्याज भुक्तानीका लागि पनि रकम जोहो गरेको ब्रोकरहरू बताउँछन् । गत साता नेप्से परिसूचकसँगै ठुला कम्पनीहरूको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स ६ दशमलव ४५ अंक घटेर ३५३ दशमलव शून्य ३ विन्दुमा झरेको छ । पछिल्लो समय धितोपत्र दोस्रो बजारको कारोबारको अवस्थालाई हेर्दा लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको देखिन्छ । धितोपत्र बजारको विकासका लागि सरोकारवाला निकायबाट आवश्यक पहल भइरहँदा आम लगानीकर्ताको मनोबल बढ्ने खालको गतिविधि भने नभएको देखिन्छ । गत साता पाँच कारोबार दिनमा रू. ४ अर्ब ७८ करोड १७ लाखभन्दा बढीको १ करोड ५० लाख ६२ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ । अघिल्लो साता भने रू. ५ अर्ब ८३ करोड १६ लाखभन्दा बढीको १ करोड ७४ लाख ३० हजार कित्ता धितोपत्र कारोबार भएको थियो । कारोबार रकम रू. १ अर्ब ४ करोडभन्दा बढीले घटेको गत साता कारोबार कित्ता भने २३ लाख ६८ हजार ७१ कित्ता कम भएको हो । औषतमा गत साता रू. ९५ करोड ६३ लाखभन्दा बढीको धितोपत्र कारोबार भएको छ । गत साता धितोपत्र दोस्रो बजारको कुल बजार पूँजीकरण रू. ६० अर्ब ४९ करोड ७९ लाखले घटेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन रू. २७ खर्ब ६४ अर्ब ६६ करोड रहेको कुल बजार पूँजीकरण रू. २७ खर्ब ४ अर्ब १६ करोडमा झरेको हो । गत साता निर्जीवन बीमा समूहले सर्वाधिक गुमाए  गत साताको कारोबारमा निर्जीवन बीमा समूहका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् । यो समूहको परिसूचक सर्वाधिक ३ दशमलव ५६ प्रतिशत घटेको हो । मर्जर प्रक्रियाका कारण निर्जीवन बीमा समूह अन्तर्गतका कतिपय कम्पनीको एकीकृत शेयर कारोबारपछि मूल्यमा कमि आउँदा परिसूचकमा असर परेको देखिन्छ ।  योसँगै जलविद्युत् समूहको ३ दशमलव ४५ प्रतिशत, वित्तको ३ दशमलव शून्य ८ प्रतिशत, विकास बैंकको २ दशमलव ८६ प्रतिशत, लगानीको २ दशमलव ५८ प्रतिशत, उत्पादन तथा प्रशोधनको २ दशमलव ३९ प्रतिशत, अन्यको २ दशमलव १३ प्रतिशत, जीवन बीमाको १ दशमलव ६१ प्रतिशतले घटेको छ । त्यसैगरी बैंकिङको १ दशमलव ६० प्रतिशत, लघुवित्तको १ दशमलव ५० प्रतिशत, व्यापारिकको १ दशमलव ४७ प्रतिशत, म्युचुअल फण्डको १ दशमलव १९ प्रतिशत र होटल तथा पर्यटनको शून्य दशमलव ३२ प्रतिशत परिसूचक घटेको छ ।

एनएमबि सरल बचत फण्ड - इ रू.२ करोड ५ लाख नोक्सानीमा

जेठ १५, काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि सरल बचत फण्ड - इले वैशाख मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण आइतवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्ड वैशाख मसान्तसम्ममा रू. २ करोड ५ लाख नोक्सानीमा रहेको छ । चैत मसान्तसम्ममा पनि फण्ड रू. १ करोड ८५ लाख नोक्सानीमा रहेको थियो । यसरी हेर्दा फण्डको नोक्सानी चैत महीनाको तुलनामा वैशाख महीनामा बढेको देखिन्छ । वैशाख महीनामा फण्डको खर्चमा वृद्धि भएकाले र जम्मा आम्दानी ऋणात्मक रहेकाले नोक्सानी बढेको हो । चैत मसान्तसम्ममा फण्डको जम्मा खर्च रू. ८७ लाख ८५ हजार रहेकोमा वैशाख मसान्तसम्ममा बढेर रू. ९६ लाख ६४ हजार पुगेको हो । त्यसैगरी फण्डको जम्मा आम्दानी वैशाख मसान्तसम्ममा रू. १ करोड ८ लाख ऋणात्मक रहेको छ । त्यसैगरी फण्डको एनएभी घटेको छ । चैत मसान्तसम्ममा फण्डको एनएभी रू. ९ दशमलव ६६ रहेकोमा वैशाख मसान्तसम्ममा रू. ९ दशमलव ६३ कायम भएको हो । फण्डको सूचीकृत धितोपत्रमा लगानी भने बढेको छ । चैत मसान्त सम्ममा सूचीकृत शेयरमा लगानी रू. २९ करोड ६० लाख  रहेकोमा वैशाख मसान्तसम्ममा बढेर रू. ३२ करोड १ लाख पुगेको हो ।

सिद्धार्थ व्यवस्थित लगानी योजनाको नोक्सानीमा वद्धि

जेठ १२, काठमाडौं । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ व्यवस्थित लगानी योजनाले वैशाख मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण बिहीवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डको नोक्सानी चैत महीनाको तुलनामा वैशाख महीनामा बढेको छ । चैत मसान्तसम्ममा रू. १ करोड ७३ लाख नोक्सानीमा रहेको उक्त फण्डको नोम्सानी वैशाख मसान्तसम्ममा बढेर रू. २ करोड ५ लाख पुगेको हो । वैशाख मसान्तमा फण्डको आम्दानी ऋणात्मक रहेकाले नोक्सानी बढेको हो । चैत मसान्तसम्ममा फण्डको आम्दानी रू. १ करोड २८ लाख ऋणात्मक रहेकोमा वैशाख मसान्तसम्ममा बढेर रू. १ करोड ५७  लाख पुगेको हो । त्यसैगरी फण्डको एनएभी पनि चैत महीनाका तुलनामा वैशाख महीनामा घटेको छ । चैत मसान्त सम्ममा फण्डको एनएभी रू. ९ दशमलव १६ रहेकोमा वैशाख मसान्तसम्ममा रू.९ दशमलव शून्य १ कायम भएको हो । एनएभीसँगै फण्डको सूचीकृत शेयरमा लगानी पनि घटेको छ । चैत मसान्तसम्ममा सूचीकृत शेयरमा रू. १३ करोड ९७ लाख लगानी रहेको उक्त फण्डको लगानी वैशाख मसान्तसम्ममा रू. १३ करोड ८३ लाखमा झरेको छ ।  फण्डको वित्तीय विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् https://sharemarket.abhiyandaily.com/announcement-detail/baisakh-nav-report-of-siddhartha-systematic-investment-scheme-%28ssis%29

चैत मसान्तसम्ममा सन्राइज ब्लूचिप फण्डको सूचीकृत धितोपत्रमा लगानी बढ्यो

वैशाख १५, काठमाडौं । सन्राइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सन्राइज ब्लूचिप फण्डले चैत मसान्त सम्मको खुद सम्पत्ति मूल्य विवरण बिहिवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डको सूचीकृत धितोपत्रमा गरेको लगानी बढेको छ । फण्डले फाग्ुन मसान्तसम्ममा सूचीकृत धितोपत्रमा रू. ६० करोड ८० लाख लगानी गरेकोमा चैत मसान्त सम्ममा बढेर रू. ६२ करोड ३९ लाख पुगेको हो । त्यसैगरी फण्डको एनएभी फागुन मसान्तसम्मको तुलनामा चैत मसान्तमा घटेको छ । फागुन मसान्तमा फण्डको एनएभी रू. ९ दशमलव ९३ रहेकोमा चैत मसान्तसम्ममा रू. ९ दशमलव ५१ कायम भएको हो । त्यसैगरी फण्डको नोक्सानी फागुन महीनाको तुलनामा चैत महीनामा बढेको छ । फागुन मसान्त सम्ममा फण्डले रू. १ करोड ६४ लाख नोक्सानीमा रहेकोमा चैत मसान्तसम्ममा बढेर रू.६ करोड ८४ लाख पुगेको हो । चैत महीनामा फण्डको खर्चमा वृद्धि भएकाले र जम्मा आम्दानी रू. ५ करोड १४ लाख ऋणात्मक रहेकाले नोक्सानीमा वृद्धि भएको हो । फागुन मसान्तसम्ममा फण्डका कुल खर्च रू. १ करोड ५० लाख रहेकोमा चैत मसान्तसम्ममा बढेर रू. १ करोड ७० लाख पुगेको हो ।

चैत मसान्तसम्ममा सानिमा लार्ज क्याप फण्ड रू. ४ करोड ७ लाख नोक्सानीमा

वैशाख १४, काठमाडौं । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा लार्ज क्याप फण्डले चैत मसान्त सम्मको खुद सम्पत्ति मूल्य विवरण बुधवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार चैत मसान्तसम्ममा उक्त फण्ड रू.४ करोड ७ लाख नोक्सानीमा रहेको छ । गत फागुन मसान्तसम्मममा भने फण्डले रू. ५९ लाख ७३ हजार नाफा कमाएको थियो । चैत महीनामा खर्चमा वृद्धि भएकाले र जम्मा आम्दानी रू.२ करोड ३६ लाख ऋणात्मक रहेकाले फण्ड नोक्सानीमा रहेको हो । फागुन मसान्तसम्ममा फण्डको जम्मा आम्दानी रू. २ करोड १२ लाख थियो । त्यसैगरी फण्डको फागुन मसान्तसम्ममा जम्मा रू.  १ करोड ५२ लाख खर्च रहेकोमा चैत मसान्तसम्ममा बढेर रू.१ करोड ७० लाख पुगेको छ । त्यसैगरी फण्डको एनएभी पनि फागुन महीनाको तुलनामा चैत महीनामा घटेको छ । फागुन मसान्तसम्मा फण्डको एनएभी रू. १० दशमलव २० रहेकोमा चैत मसान्तसम्ममा रू. ९ दशलव ८२ कायम भएको छ। फण्डको सूचीकृत शेयरमा लगानी भने बढेको छ । फागुन मसान्तसम्ममा फण्डले सूचीकृत शेयरमा रू. ५९ करोड ९४ लाख लगानी रहेकोमा चैत मसान्तसम्ममा बढेर रू.६१ करोड २९ लाख पुगेको छ ।

चैत मसान्तसम्ममा एनआईबिएल सहभागिता फण्ड रू. ३ करोड ३७ लाख नोक्सानीमा

वैशाख १३, काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल सहभागिता फण्डले चैत मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण मंगलवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डले चैत मसान्त सम्ममा रू. ३ करोड ३७ लाख नोक्सानी व्यहोरेको छ । फागुन मसान्तसम्ममा पनि उक्त फण्ड रू. १ करोड ४३ लाख नोक्सानीमा थियो । यसरी हेर्दा फण्डको नोक्सानी फागुन महीनाको तुलनामा चैत मसान्तमा वृद्धि भएको छ । चैत महीनामा  खर्चमा वृद्धि भएको र जम्मा आम्दानी रू..२ करोड ७६ लाख ऋणात्मक रहेकाले फण्डको नोक्सानी बढेको हो । फण्डको एनएभी पनि फागुन महीनाको तुलनामा चैत महीनामा घटेको छ । फागुन मसान्तसम्ममा फण्डको एनएभी रू. १२ दशमलव ११ रहेकोमा चैत मसान्तसम्ममा रू.११ दशमलव ६८ कायम भएको छ । त्यसैगरी चैत मसान्तसम्ममा फण्डको सूचीकृत शेयरमा लगानी भने बढेको छ । फागुन मसान्तसम्ममा फण्डको सूचीकृत शेयरमा रू. २७ करोड ६६ लाख लगानी गरेकोमा चैत मसान्तसम्ममा बढेर रू.२९ करोड ४१ लाख पुगेको छ।