पारा तेक्वान्दो टोली युएइ जाने

काठमाडौं (हाम्रो खेलकुद) – चीनको हाङझावमा हुने पारा एसियाली खेलकुदका लागि हुने छनोट प्रतियोगितामा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली पारा तेक्वान्दो टोली मंगलबार युएइको सारजाह प्रस्थान गर्दैछन् । जेठ १२ गते हुने प्रतियोगिताको के– ४४ क्याटगोरीअन्तर्गत पुरुष ५८ केजीमुनि रामबहादुर अधिकारी र महिला ४७ केजीमुनि रञ्जना धामीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । […]