ओमिक्रोन भाइरसको त्रासले खोप केन्द्रमा थामिनसक्नु भीड

केही समय पहिलेसम्म कोरोना भाइरसविरुद्धको खोप लगाउनका लागि घरघरमा गएर अनुनय विनय गर्नुपर्ने अवस्था रहेकोमा अहिले खोप केन्द्रमा थामिनसक्नु भीड देखिएको छ । ओमिक्रोन भाइरसको त्रासपछि बाँकेमा कोरोनाविरुद्धको खोप लगाउनेको भीड खोप केन्द्रमा बढेको हो ।

सम्बन्धित सामग्री

खोप कार्ड अनिवार्य गर्दा बढेको भीड

कोभिड–१९ को तेस्रो भेरियन्ट ओमिक्रोन दिन–प्रतिदिन तीव्र रूपमा फैलिराखेको छ । विज्ञहरूका अनुसार यो भाइरस सामान्यतया शरीरभित्र प्रवेश गरेपछि एकदेखि तीन दिनसम्म मात्र सक्रिय रहनेछ । कोरोनाविरुद्धको खोप नलगाएका मानिसहरूलाई छिटो संक्रमण गर्ने र रोगसँग लड्न निकै गाह्रो पनि बनाउने गर्छ । चिकित्सकहरूका अनुसार खोप लगाएकाहरूलाई पनि यो भाइरसले आक्रमण गर्छ र श्वास–प्रश्वासमा पनि समस्या […]

सुर्खेतका दुई नाकामा ‘होल्डिङ सेन्टर’

सुर्खेत । कोभिड–१९ संक्रमण फैलिन नदिन सुर्खेतका दुई स्थानमा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले सुर्खेतको छिन्चु र जामु कुइनेमा होल्डिङ सेन्टर सञ्चालनमा ल्याएको बताएको छ । यी दुई नाका सुर्खेत भित्रिने मुख्य नाका हुन् । होल्डिङ सेन्टरमा स्वास्थ्य सहायता कक्ष पनि सञ्चालन गरिएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले स्थानीय तहसँग समन्वय गरेर होल्डिङ सेन्टर स्वास्थ्यकर्मी परिचालन गरिएको जानकारी दिए । उनले सार्वजनिक सवारीसाधनका यात्रुका लागि खोप कार्ड अनिवार्य गर्ने, खोप नलगाएको भए खोप लगाउन व्यवस्था मिलाउन निर्देशन जारी गरिएको बताए । कोभिड– १९ को दोस्रो लहरका बेला बबईमा स्थापना गरिएको होल्डिङ सेन्टर छिन्चुमा सारिएको छ । बबईमा पर्याप्त जग्गा र भवन नहुँदा छिञ्चु सारिएको हो । प्रमुख जिल्ला अधिकारी रिजालले प्रदेश भित्रिने सीमा नाकामा यातायातका साधनमा निगरानी बढाउनु साथै सम्बन्धित स्थानीय तह र प्रदेश सरकारको साझेदारीमा कोरोना परीक्षण थालिएको बताए । जिल्ला प्रशासन कार्यालयमा मंगलवार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले यसअघि सञ्चालित मास्क वितरण र खोप अभियानलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । यसैबीच, कोभिड– १९ को ओमिक्रोन भाइरसको संक्रमण बढ्न थालेपछि वीरेन्द्रनगरका पर्यटकीय स्थल बन्द गरिएको छ । सुर्खेत उपत्यका नगर विकास समितिले अनिश्चित कालका लागि वीरेन्द्रनगरका मुख्य पर्यकीयस्थल बन्द गरेको हो । नगर विकास समितिले अर्का सूचना जारी नहुँदासम्म बुलबुले उद्यान, काँक्रेविहार र शहीद पार्क बन्द गरेको बताएको छ । समितिका सदस्य सचिव एवं वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद देवकोटाले पर्यटकीय स्थलमा सार्वजनिक बिदाको दिनमा बाक्लो भीड हुने हुँदा संक्रमण फैलिन नदिन प्रवेशमा रोक लगाइएको बताए । साथै मुख्य शक्तिपीठ देउतीबज्यै मन्दिरमा जनस्वास्थ्यका मापदण्ड पालनामा कडाई गरी पूजापाठ गर्ने व्यवस्था मिलाइएको छ । पछिल्लो तथ्यांक अनुसार सुर्खेतमा कोरोनाका ६०० सक्रिय संक्रमित छन् । तीमध्ये ८० प्रतिशतभन्दा बढी संक्रमित वीरेन्द्रनगर नगरपालिकाका रहेको बताइएको छ । रासस

खोपको सहज उपलब्धता गराउन आयोगको आग्रह

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सबै नागरिकका लागि सहज खोप उपलब्ध गराउन सरकासँग आग्रह गरेका छन् । कोभिड–१९ को तेस्रो लहर (ओमिक्रोन) नियन्त्रणमा आयोगमा आज सरोकारवालासँगको छलफलमा उनले खोप कार्डबिना सार्वजनिक स्थलमा प्रवेश गर्न नपाइने व्यवस्थाले सर्वसाधारणको मानव अधिकारको उपभोगमा असर परेको हुँदा सहज खोप उपलब्ध गराउन आग्रह गरेका हुन् ।अध्यक्ष मगरले सिटामोललगायतका औषधिको अभाव, सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्दा भीड झनै बढ्नसक्ने अवस्था र सीमा क्षेत्रमा आवतजावतको व्यवस्था

टेकु अस्पतालमा मंगलबारदेखि खोप अभियान सञ्चालन हुने

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा मंगलबारबाट पुनस् खोप अभियान सञ्चालनमा  आउने भएको छ ।  सोमबार अस्पतालले विज्ञप्ति जारी गर्दै काठमाडौं महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटी काठमाडौंबाट जनशक्ति व्यवस्थापन हुने भएकोले नियमित रुपमा खोप कार्यक्रम सञ्चालन हुने जनाकारी दिएको हो ।कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितका साथै कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढिरहँदा खोप लगाउनेहरुको भीड अस्पतालमा लागेको थियो थियो ।  तर,  अस्पतालका ५० बढी चिकित्सक, स्व

टेकु अस्पतालमा भोलिदेखि खोप अभियान फेरि सञ्चालन हुने

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा मंगलबारबाट पुनः खोप अभियान सञ्चालनमा  आउने भएको छ । सोमबार अस्पतालले विज्ञप्ति जारी गर्दै काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटी काठमाडौँबाट जनशक्ति व्यवस्थापन हुने भएकोले नियमित रूपमा खोप कार्यक्रम सञ्चालन हुने जनाकारी दिएको हो ।कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन सङ्क्रमितका साथै कोरोना सङ्क्रमितको सङ्ख्या दैनिक रूपमा बढिरहँदा खोप लगाउनेहरूको भीड अस्पतालमा लागेको थियो थियो । तर,  अस्पतालका ५० बढी चिकित्सक, स्व

सुदूरपश्चिममा ४२ प्रतिशतलाई कोरोनाविरुद्धको खोप

धनगढी । सुदूरपश्चिम प्रदेशमा लक्षित उमेर समूहका ४२ प्रतिशत अर्थात् सात लाख ५१ हजार ८११ नागरिकले कोरोना विरुद्धको पूर्ण मात्राको खोप पाएका छन् । लक्षित उमेर समूहका ५५ प्रतिशत अर्थात् ९ लाख ६ हजार १७४ व्यक्तिले पहिलो मात्राको खोप पाइसकेका छन् । अठार वर्ष उमेर माथिका नागरिकलाई लक्षित समूहमा राखिएको छ । प्रदेशमा सो वर्ष उमेर समूहभन्दा माथिको जनसंख्या झन्डै १९ लाख छ ।      सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले अहिले प्रदेशमा खोपको उपलब्धता पर्याप्त रहेकाले खोप दिने कार्य नियमित रूपमा चलिरहेको बताए । प्रदेशका १२ देखि १७ समूहका बालबालिकालाई फाइजर र मोडेर्ना खोप दिने तयारी पनि गरिएको छ । प्रवक्ता कार्कीले भने, ‘पुसदेखि कैलाली र डँडेलधुराका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई फाइजर खोप र अन्य सात जिल्लाका बालबालिकालाई मोडेर्नाको खोप दिने तयारी छ ।’ पछिल्ला महीनामा विभिन्न राजनीतिक दलबाट भीड बढ्नेगरी भइरहेका गतिविधिबाट कोरोना संक्रमणको जोखिम बढेको मन्त्रालयका अधिकारीको भनाइ छ । कोरोनाको नयाँ रूप ‘ओमिक्रोन’को सम्भावित जोखिमको रोकथामका लागि सीमा नाकालाई थप व्यवस्थित गर्दै भित्रिने नागरिकको स्वास्थ्य जाँच कार्यका साथै खोप सेवालाई निरन्तरता दिइएको छ । सीमा नाकामा स्वास्थ्य परीक्षण गराउँदा पोजेटिभ नतीजा आएकालाई आइसोलेशन सेन्टरमा राख्ने गरिएको छ । प्रदेशका कुनै पनि सीमा नाकाबाट भित्रिने नागरिकमा अहिलेसम्म नयाँ भेरिएन्टको कोरोना संक्रमण भएको पुष्टि भएको पाइएको छैन । सीमा नाका नजिक धनगढीको बडहरा क्षेत्रमा कोरोनाका शंकास्पद बिरामीलाई राख्न निर्माणाधीन होल्डिङ सेन्टर निर्माण अन्तिम चरणमा पुगेको छ । संक्रमित भएर उपचार व्यवस्थापनपछि घर फर्किएका कतिपय व्यक्तिको स्वास्थ्यमा विभिन्न खालको स्वास्थ्य जटिलता भने देखिने गरेको छ । रिंगटा लाग्ने, कमजोरी महसुस हुने जस्ता स्वास्थ्य समस्या देखिने गरेको संक्रमणपछि निको भएका धनगढीका एक शिक्षकले बताए । ‘कसै कसैलाई श्वासप्रश्वासमा समस्या देखिने गरेको छ,’ उनले भने, ‘उपचार व्यवस्थापनपछि घर फर्किएकोमा व्यक्तिअनुसार फरक स्वास्थ्य जटिलता देखिने गरेको छ ।’ रोगको संक्रमणपछि भएको हैरानीले मानसिक तनाव सृजना हुँदा पनि सम्बन्धित व्यक्तिमा रिँगटा लाग्ने, शरीरका अंग दुख्ने, कमजोरी महसुस हुने समस्या देखिने गरेको छ । हाल संक्रमण र मृत्यु हुने दर केही घटेको देखिएपनि यो रोगको संक्रमणको जोखिम यथावत् रहेको स्वास्थ्यकर्मीको भनाइ छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्यांकका अनुसार बुधवारसम्म चार लाख १८ हजार ३३४ व्यक्तिको नमूना परीक्षण गरिएकोमा ४८ हजार १३४ मा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । रासस