जेनजी आन्दोलनपछि बनेको शुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको मन्त्रिपरिषद् विस्तार प्रक्रियामा छ। आमजनसँग प्रत्यक्ष जोडिएको र असुन्तुष्टि धेरै नै रहेको स्वास्थ्य मन्त्रालयको नेतृत्वको विषयमा छलफल जारी छ। मंगलबार प्रधानमन्त्री कार्कीले डा सन्दुक रुइतलाई भेटेर सहयोगका लागि प्रस्ताव गरिन्। तर, डा रुइतले मन्त्रिमण्डलमै सहभागी भएर काम गर्न अस्वीकार गरेका छन्। डा रुइत स्वास्थ्य खबरले सामाजिक सञ्जाल फेसबुक पेजमा गरेको सर्वेक्षणमा मन्त्रीका लागि आमजनले रुचाएकोमा दोस्रो नम्बरमा छन्।
काठमाडौं– भदौ २३ र २४ गते भएको जेन-जी प्रदर्शनमा मृत्यु भएका ३९ जनाको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टम गरी परिवारको जिम्मा लगाएको छ । ४६ जनाको शव परिक्षणका लागि ल्याइएकोमा ३९ शवको परिक्षण गरिएको फरेन्सिक विभाग प्रमुख डा। गोपाल चौधरीले जानकारी दिए । उनका अनुसार बाँकी ७ जनाको शव चिन्न नसक्ने अवस्थामा रहेकाले डिएनए […]