गत साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक करिब २७ अंक घटेर बन्द भयो । अघिल्लो साता २१४०.३९ विन्दुमा बन्द भएको नेप्से गत साता २६.८४ अंक घटेर २११३.५५ विन्दुमा बन्द भएको हो । साताको ६ कारोबार दिनमध्ये चार कारोबार दिन बजार ओरालो लागेसँगै नेप्सेले सो बराबरको अंक गुमाएको थियो ।गतसाता पहिलो दुई कारोबार दिन नेप्से उकालो लागेको थियो भने बाँकी चार दिन ओरालो लागेको थियो । गत साता नेप्सेको पाँच दिने इएमए, २० दिने इएमएभन्दा माथि रहेको छ । यद्यपि, साताको अन्तिम कारोबार दिन यी दुई बीचको दूरी बढेको र सो दिन