बागमती सरकारविरुद्ध अख्तियारमा उजुरी

हेटौंडा : बागमती प्रदेश सरकारको टुक्रे योजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडामा उजुरी परेको छ।स्थानीय तहलाई छलेर उपभोक्ता समितिमार्फत ५ लाखका टुक्रे योजना वितरण गरेको भन्दै प्रदेश सरकारविरुद्ध अख्तियारमा उजुरी परेको हो। फागुन ६ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयले बजेट रकमान्तर गर्दै ५ लाखका २ हजार २ सय ९९ सय टुक्रे योजना बागमती प्रदेश सरकारले ल्याएको थियो।संविधानको धारा २३२ विपरीत स्थानीय तहलाई छलेर उपभोक्ता समितिमार्फत विकास निर्माणको काम अघि बढाउने