स्वीस बैंकमा प्रधानमन्त्री निकट व्यापारीको पैसा

काठमाडौं । स्वीस बैंकमा नेपालीहरुको ‘शंकास्पद धन’ करिब ४६ अर्ब पुगेको छ । यो कालोधन भएको र त्यसमा उच्च नेताहरुको रहेको आशंका गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको शासनकालमा देशमा भ्रष्टाचार बढीरहेका बेला स्वीस बैंकमा समेत नेपालीको बचत बढ्नुलाई संयोगमात्र मान्न नसकिने अर्थविद्हरू बताउँछन् । स्वीस बैंकमा प्रधानमन्त्री ओली निकट व्यापारीहरुको समेत पैसा रहेको […]

सम्बन्धित सामग्री

क्रेडिट स्वीस खरीदमा सरकारसँग ६ अर्ब डलर प्रत्याभूति खोज्दैछ यूबीएस

काठमाडौं । विश्व बैंकिङ जगतमा बैंकहरू असफल हुने पछिल्लो शृङ्खलामा कतै स्वीस बहुराष्ट्रिय लगानी बैंक क्रेडिट स्वीस पनि पर्ने हो भन्ने आशंका चुलिएको छ । विगत २–३ वर्षयता वित्तीय समस्यामा फसेको बैंकलाई जोगाउन स्वीस केन्द्रीय बैंक र वित्तीय  नियामकहरू अर्को स्वीस बैंक यूबीएसले किनोस् भन्ने चाहिरहेका छन् । यूबीएस बैंकले भने क्रेडिट स्वीस किन्न सरकारसँग ६ अर्ब डलरको प्रत्याभूतिको माग गरिरहेको अन्तरराष्ट्रिय सञ्चार माध्यमहरूले समाचार छापेका छन् । सोमवारसम्म यो सम्झौतालाई सहमतिमा ल्याएर क्रेडिट स्वीसको शेयरमा गइरहेको पहिरो रोक्ने आशा केन्द्र बैंक र वित्तीय नियामकको छ । अमेरिकाको मझौला आकारको बैंक सिलिकन भ्याली बैंक (एसभी बैंक) गएको हप्ता धराशायी बनेयता अमेरिकामै अर्का २ बैंकको अवसान भएको छ । एसभी बैंकको अवसानको असर अमेरिका, यूरोप हुँदै विश्वभर नै वित्तीय क्षेत्रमा पोखिने भय बढिरहेकै समयमा स्वीटजरल्यान्डको १६७ वर्ष पुरानो बैंकको भविष्य पनि धरापमा पर्न लागेको देखिन्छ । सरकारले दिने ६ अर्ब डलरलाई यूबीएसले क्रेडिट स्वीसको पार्ट्सहरू टुक्र्याउन र मुद्दा मामिलाहरूमा लगाउने बैंकको आशय भएको 'रोयटर्स'मा समाचार छ । यूबीएसमा क्रेडिट स्वीस गाभ्ने विषयमा सरकारको प्रत्याभूति एउटा मात्रै तगारो हो । दुई बैंक मर्जरपछि हुने कर्मचारी कटौती, यूबीएसकै शेयरधनीहरूको यो योजनालाई अनुमति दिने/नदिने जस्ता अन्य कयौं समस्याहरू छन् । सोमवार बजार खुल्नुअघि नै यो समस्याको समाधान निकाल्ने दौडधूपमा स्वीस नियामकहरू छन् । यी दुई विशाल स्वीस बैंक गाँभ्दा उत्पन्न हुने जटिलताहरू हट्ने संकेत छैन । एसभी बैंकको पतनसँगै अमेरिका र यूरोप क्षेत्रमा बैंकिङ क्षेत्रप्रति लगानीकर्ता र निक्षेपकर्ताहरूको मनोबल खस्किएको थियो । यस्तोमा क्रेडिट स्वीसको सबैभन्दा ठूलो शेयरधनी साउदी नेशनल बैंकले बैंकमा थप लगानी नखन्याउने भन्ने अभिव्यक्तिले 'आगोमा घ्यू'को काम गरेको छ । अमेरिकामा राष्ट्रपति जो बाइडेनले निक्षेपकर्ताहरूको निक्षेपलाई जोगाउने वाचा गर्दा पनि बैंकिङ क्षेत्रका शेयरमा पहिरो रोकिएन । स्वीस सरकारले पनि क्रेडिट स्वीसमाथिको विश्वास फर्काउन बैंकमा ५० अर्ब डलरभन्दा धेरै प्रवाह गरिदिएको थियो । क्रेडिट स्वीस किन्न अहिले स्वीस अधिकारीहरूले यूबीएसलाई दबाब दिइरहेका छन् । यो सम्झौतालाई फाष्ट ट्र्याकमा ल्याउन स्वीट्जरल्यान्डले आकस्मिक उपायहरू अपनाउने बुझिएको छ । यस मामिलामा स्वीस सरकारले अमेरिकी र बेलायती अधिकारीहरूसँग पनि मिलेर काम गरिरहेको बताइएको छ । गएको एक हप्तामा मात्रै क्रेडिट स्वीसले आफ्नो एक चौथाई बजार पूँजीकरण गुमाएको थियो । एजेन्सी

संकटमा १६७ वर्ष पुरानो क्रेडिट स्वीस, बैंक फेलियर हुने हो कि जोगिएला ?

काठमाडौं । स्वीटजरल्यान्डको बहुराष्ट्रिय लगानी बैंक क्रेडिट स्वीसले हालै मात्रै त्यहाँको केन्द्रीय बैंकबाट अर्बौ डलरको वित्तीय तरलता पाएको छ । तरलता प्रवाहको खबरसँगै अघिल्लो दिन ३० प्रतिशतले घटेको बैंकको शेयरमूल्य बिहीवारको कारोबारमा ३० प्रतिशतले उकालो लाग्यो । तर यो वृद्धि खासै टिकेन । शुक्रबार यसको शेयर मूल्यमा फेरि पहिरो गयो । १६७ वर्षको इतिहास बोकेको यो बैंक असफल हुन दिनै नहुने गरी ठूलो छ भन्ने आँकलन छ । यस्तोमा बैंक धराशयी भएर अन्य समस्या आउने स्थिति टार्न यसलाई बेच्ने विकल्पबारे विचार भइरहेको भन्दै अन्तरराष्ट्रिय सञ्चार माध्यममा समाचार आएका छन् । फाइनान्सियल टाइम्सका अनुसार बैंक व्यवस्थापनले सप्ताहन्तमा यूबीएससँग छलफल गरेका थिए । यो छलफल क्रेडिट स्वीसको सबै वा केही अंश किन्नेमा केन्द्रीत भएको बताइएको छ  । सन् २००८/०९ को विश्वव्यापी वित्तीय संकटयताको यो यूरोपमा हुन लागेको सबैभन्दा ठूलो मर्जर हुनेछ । स्वीस बैंकिङ क्षेत्रको मनोबल बढाउन स्वीस नेशनल बैंक र वित्तीय नियामक फिन्माले सक्दो प्रयास गरिरहेको जानकारहरु बताउँछन् । क्रेडिट स्वीसलाई आकस्मिक रुपमा ५४ अर्ब डलर दिन केन्द्रीय बैंक बाध्य भएको केही दिन नबित्दै नयाँ घटनाक्रम देखा परेका हुन् । केन्द्रीय बैंकले अर्बौ डलर प्रवाह गर्दा पनि बैंकको शेयरमूल्यमा पहिरो जाने क्रम रोकिएको छैन। बैंकको सबैभन्दा ठूलो शेयर धनी साउदी नेशनल बैंकले अब आफूले क्रेडिट स्वीसमा थप लगानी खन्याउन नसक्ने बताएपछि क्रेडिट स्वीस संकटमा घेरिएको हो । बैंक पतनै हुने हो कि भनेर सम्पति व्यवस्थापन गर्ने बैंकका क्लाइन्टहरुको बहिर्गमनको लर्को लागेको छ । यूबीएसको अवस्था अहिलेसम्म निक्कै राम्रो छ । गएको तीन वर्षमा यूबीएसको शेयरमूल्य १२० प्रतिशतले बढ्दा क्रेडिट स्वीसको करीब ७० प्रतिशतले घटेको छ । शुक्रवार बजार बन्द हुँदा क्रेडिट स्वीसको बजार पूँजीकरण ८ अर्ब डलरमा समेटिएको छ । यूबीएसको बजार पूँजीकरण सोही अवधिमा ५६ अर्ब डलर छ । २०२२ मा यूबीएसले ७ अर्ब ६० अर्ब डलर नाफा कमाउँदा क्रेडिट स्वीसले ७ अर्ब ९० करोड डलर घाटा बेहोरेको थियो । अर्थात् यो रकम बैंकले अघिल्लो दशकभर कमाएको सबै रकम बराबर हो । आफूले बैंकप्रति लगानीकर्ताहरुको खस्किदैं गएको विश्वास फर्काउन प्लान ए अन्तर्गत यूबीएस र क्रेडिट स्वीसलाई गाभ्न लागेको स्वीस नियामकहरुले आफ्ना अमेरिकी र बेलायती समकक्षीहरुलाई बताइसकेको भन्दै अर्का एक स्रोतले पनि भनेका छन् । प्रतिस्पर्धा मिचिने डरले अहिले बैंकलाई पूरै किन्ने बाहेकका अन्य विकल्पहरुबारे पनि छलफल भइरहेको बताइएको छ ।  उता, यूबीएसले पनि क्रेडिट स्वीस किन्दा हुन सक्ने जोखिमहरुबारे सोचिरहेको छ । सोमवार बजार खुल्नु अघि नै स्पष्ट अनि सिधा समाधानमा बैंकहरु सहमतिमा आउन् भन्ने चाहना स्वीस केन्द्रीय बैंकको छ । यो सम्झौता हुन्छ नै भन्ने पक्का भने छैन । यसलाई यूबीएसका शेयरधनीहरुले पनि मञ्जुरी दिनु पर्नेछ । यसबारे सम्बन्धित कुनै पनि पक्षले मुख खोलेका छैनन् । मर्जर भयो भने यो यूरोपको सबैभन्दा ठूलो बैंक बन्नेछ । यूबीएसको कूल सम्पत्ति र बासलात ११ खर्ब डलरको छ भने क्रेडिट स्वीसको ५ खर्ब ७५ अर्ब डलरको छ । बैंक अहिले एक्कासी समस्यामा परेको होइन । विगत २-३ वर्षदेखि नै यसले वित्तीय समस्या भोगिरहेको थियो ।  गएको वर्ष नै बैंक मर्जरका खबरहरु आएका थिए । अमेरिका फेडको ब्याजदर वृद्धिको चपेटामा परेर सिलिकन भ्याली बैंकको अवसान भएपछि विश्वभर वित्तीय प्रणालीको प्रणालीगत जोखिम बढेका छन् । तर क्रेडिट स्वीसको अन्य समस्या पूरा ज्ञात हुन सकेको छैन । बैंक अहिले एक्कासी समस्यामा परेको होइन । विगत २-३ वर्षदेखि नै यसले वित्तीय समस्या भोगिरहेको थियो । हेज फन्डमा बैंकले साढे ५ अर्ब डलर गुमायो । टूना बन्ड स्क्याममा पनि बैंक दोषी पाइएको थियो । पूर्व रेस्लरलाई लागू औषध बेचेको पैसा दिएको अभियोग पनि बैंकमाथि छ । एक पछि अर्को गर्दै बैंक अनेक कान्डमा फस्नु, बैंकको शीर्ष व्यवस्थापनमा बारम्बार हेरफेर र रणनीतिक गल्तिका कारण अहिले स्वीट्जरल्यान्डको १६७ वर्ष पुरानो बैंक धराशयी बन्ने संघारमा छ । यूबीएसले क्रेडिट स्वीस किनेन भने बैंकको शेयरमा देखिएको पहिरो रोकिने छैन । यसको डिफल्ट स्वाप प्राइस बढ्नेछ । अन्य बैंकहरुले बैंकसँगको लाइन नै बन्द गर्नेछन् । ग्राहकहरुले धमाधम आफ्नौ पैसा फिर्ता लैजानेछन् । एसभी बैंकको पतनले कमजोर बैंकहरु बाँच्नै नसक्ने स्थिति उत्पन्न गराएको छ । क्रेडिट स्वीस बैंक धराशयी बन्यो भने यसको असर यूरोपमा मात्रै नभएर विश्वभर पोखिनेछ । एजेन्सी

प्यान्डोरा पेपर : कालोधनको बिगबिगी

सन् २०१० पछि बैंकरहरू, ह्याकरहरू र खोज पत्रकारितामा लागेका पत्रकारहरूले स्वीस बैंक र कर लुकाउने देशहरू (ट्याक्स हेभेन) मा जम्मा गरेको कालोधनका विवरणहरू प्रकाशन गरेपछि कर अधिकारीहरू र मुद्रा निर्मलीकरणसम्बन्धी सरकारी निकायहरूको काम–कारबाहीको क्षेत्र र मात्रा विस्तार हुन पुगेको छ । ट्याक्स हेभेनमा थोरै कर लाग्ने, करै नलाग्ने र धनको स्रोत नखोजिने तथा बैंक खाता […]

विश्वको ढुकुटी, स्वीस बैंक र नेपाल

स्वीजरल्यान्डमा सन् १८५४ मा स्थापित स्वीस बैंक कर्पोरेसनलाई नै स्वीस बैंक भनिन्छ । विश्वमा यसका शाखा ५० वटा देशमा रहेका छन् । यस बैंकले आफ्नो बारेमा उच्चस्तरको गोपनीयता र कम स्तरको वित्तीय जोखिमको व्यवस्था गरेको दाबी गर्छ । आयस्रोत नखोजिने र लगानीकर्ताको विवरण सार्वजनिक नगर्ने भएकाले गैरकानुनी आर्जन यस बैंकमा जम्मा गर्न सहज मानिन्छ । […]

अन्य क्षेत्रको तुलनामा एसिया-प्रशान्तमा बढी अर्बपति

वासिङटन-विश्वभरी संयुक्त रुपमा १०.२ ट्रिलियन डलरका साथ २,१८९ अर्बपतिहरु रहेका छन् ।२०२० को जुलाईमा एसिया–प्रशान्तमा अल्ट्रा उच्च खुद सम्पत्ति भएका व्यक्तिहरु पुगेका छन् । यसमा ८३१ सुपर रिच रहेका छन् । जहाँ अर्बपतिहरुको सम्पत्ति कुल ३.३ ट्रिलियन डलर रहेको स्वीस बैंक यूबीएसको नयाँ बिलिनियर इनसाइट रिपोर्ट २०२० ले जनाएको छ । यो अमेरिकाभरीको ७६२ र […]

स्वीस बैंक, कालो धन र लगानीको वातावरण

स्विट्जरल्यान्डका बैंकहरूमा नेपालीको निक्षेप बढेको छ । स्वीस नेसनल बैंक (एसएनबी) ले गत साता सार्वजनिक गरेको २०१७ को वार्षिक प्रतिवेदनका अनुसार सन् २००८ मा त्यहाँका बैंकमा करिब ९ अर्ब (८ करोड ६२ लाख स्वीस फ्य्रांक) बराबरको नेपाली रुपैयाँ रहेकोमा १० वर्षमा चार गुनाजति बढेर करिब ३३ अर्ब (३२ करोड २८ लाख स्वीस फ्य्रांक) पुगेको छ ।