मेलम्चीको खानेपानी सडकमा नै जमेपछि.....

वैशाख २६, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाबाट ल्याइएको पानी जम्मा गरी ग्राहकका धारामा वितरण गर्न गोकर्णेश्वर नगरपालिका–९ आरुबारीमा बनाइएको पानीपोखरीअघिको सडकमा पानी जमेर आवतजावतमा समस्या भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरेको पानी पोखरीअघिको सडकको खाल्डो नपुर्दा केही दिनदेखि दैनिक भइरहेको वर्षाका कारण सडकमा पानी जमेर सवारी साधन र यात्रु आवतजावतमा समस्या भएको हो । बौद्ध र जोरपाटीबाट आरुबारी हुँदै गोकर्ण, सुन्दरीजल, कपनलगायत स्थान जाने यो सडकमा आवतजावत गर्न समस्या भएको यात्रु रमिता लामाले गुनासो गरिन् ।            सडकमा बनेको गहिरो खाडलमा पानी जमेका कारण स्कुटर तार्न समस्या भएको उनले बताइन् । सडकमा जमेको पानी जाने निकास पनि नभएकाले यात्रु र सवारी साधान समस्यामा पर्ने गरेका छन् । राष्ट्रिय गौरवको आयोजना भए पनि काम गर्दा ध्यान नदिंदा समस्या भएको स्थानीयवासीको गुनासोे थियो । स्थानीयवासी पासाङ शेर्पाले वर्षाको पानी जमेको वा पानी पोखरीमै चुहावट भएको भन्न नसकिने बताए ।            ठूलो पानी पोखरी भएको स्थानमा निर्देशनालयका कोही कर्मचारीसमेत नभेटिंदा के भएको हो भन्ने अन्योल र त्रासमा बस्नुपरेको उनको भनाइ थियो । निर्देशनालयका आयोजना निर्देशक राजेन्द्र सापकोटाले पानीपोखरीको चुहावट नभएको बताए। पानीपोखरी निर्माण भएपछि त्यसअघिको सडक कालोपत्र गर्न बाँकी रहेकाले पानी जमेको हुनसक्ने उनको भनाइ छ । पोखरीमा वैशाख पहिलो सातादेखि पानी आउन थालेको थियो । सुन्दरीजलमा प्रशोधन भएको मेलम्चीको पानी काठमाडौं उपत्यकाका १० ओटा पानी पोखरीमार्फत् ग्राहकको धारामा वितरण गरिन्छ । रासस    

सम्बन्धित सामग्री

सडकमा पानीको दह

काठमाडौँ- वरपरको सडक ठिकै छ, सहजै सवारी आवतजावत गर्न सक्छ बीचमा पुगेपछि पानीका दह देखिन्छ, खाडल कति गहिरो छ भनेर सवारी एक छिन रोकिएर मात्र जाने गर्छन् । यो दृश्य गोकर्णेश्वर नगरपालिका–९ आरुबारीको सडकको हो । मेलम्चीको खानेपानी आयोजनाको पानी पोखरी बनेको भागको यो सडक पहिले नै कालोपत्र भइसक्नुपर्ने हो । ग्राभेल बिच्छ्याएर कालोपत्रको काम […]

काठमाडौँकै सडकमा पानीको दह !

काठमाडौँ - वरपरको सडक ठीकै छ, सहजै सवारी आवतजावत गर्न सक्छ । बीचमा पुगेपछि पानीका दह देखिन्छ, खाडल कति गहिरो छ भनेर सवारी एकछिन रोकिएर मात्र जाने गर्छन् । यो दृश्य गोकर्णेश्वर नगरपालिका–९ आरुबारीको सडकको हो । मेलम्चीको खानेपानी आयोजनाको पानीपोखरी बनेको भागको यो सडक पहिले नै कालोपत्र भइसक्नुपर्ने हो । ग्राभेल...

काठमाडौँकै सडकमा पानीको दह !

काठमाडौँ - वरपरको सडक ठीकै छ, सहजै सवारी आवतजावत गर्न सक्छ । बीचमा पुगेपछि पानीका दह देखिन्छ, खाडल कति गहिरो छ भनेर सवारी एकछिन रोकिएर मात्र जाने गर्छन् । यो दृश्य गोकर्णेश्वर नगरपालिका–९ आरुबारीको सडकको हो । मेलम्चीको खानेपानी आयोजनाको पानीपोखरी बनेको भागको यो सडक पहिले नै कालोपत्र भइसक्नुपर्ने हो । ग्राभेल...

सडकमा पानीको दह

काठमाडौँ,२३ असार । वरपरको सडक ठीकै छ, सहजै सवारी आवतजावत गर्न सक्छ बीचमा पुगेपछि पानीका दह देखिन्छ, खाडल कति गहिरो छ भनेर सवारी एकछिन रोकिएर मात्र जाने गर्छन् । यो दृश्य गोकर्णेश्वर नगरपालिका–९ आरुबारीको सडकको हो । मेलम्चीको खानेपानी आयोजनाको पानीपोखरी बनेको भागको यो सडक पहिले नै कालोपत्र भइसक्नुपर्ने हो । ग्राभेल बिच्छ्याएर कालोपत्रको काम […]

आरुबारीस्थित मेलम्चीको ट्याङकी छेउको सडकमा पानीको दह !

वरपरको सडक ठीकै छ, सहजै सवारी आवतजावत गर्न सक्छ बीचमा पुगेपछि पानीका दह देखिन्छ, खाडल कति गहिरो छ भनेर सवारी एकछिन रोकिएर मात्र जाने गर्छन् । यो दृश्य गोकर्णेश्वर नगरपालिका–९ आरुबारीको सडकको हो । मेलम्चीको खानेपानी आयोजनाको पानीपोखरी बनेको भागको यो सडक पहिले नै कालोपत्र भइसक्नुपर्ने हो । ग्राभेल बिच्छ्याएर कालोपत्रको काम थाँती राख्दा दैनिक …

सडकमा पानीको दह !

काठमाडाैँ- वरपरको सडक ठीकै छ। सहजै सवारी आवतजावत गर्न सक्छन्। बीचमा पुगेपछि पानीका दह देखिन्छ, खाडल कति गहिरो छ भनेर सवारी एकछिन रोकिएर मात्र जाने गर्छन्। यो दृश्य गोकर्णेश्वर नगरपालिका-९ आरुबारीको सडकको हो। मेलम्चीको खानेपानी आयोजनाको पानीपोखरी बनेको भागको यो सडक पहिले नै कालोपत्र भइसक्नुपर्ने हो। ग्राभेल बिच्छ्याएर कालोपत्रको काम थाँती राख्दा दैनिक हजारौँ सवारी […]

काठमाडौंको सडकमा पानीको दह !

वरपरको सडक ठीकै छ, सहजै सवारी आवतजावत गर्न सक्छ बीचमा पुगेपछि पानीका दह देखिन्छ, खाडल कति गहिरो छ भनेर सवारी एकछिन रोकिएर मात्र जाने गर्छन् ।यो दृश्य गोकर्णेश्वर नगरपालिका–९ आरुबारीको सडकको हो । मेलम्चीको खानेपानी आयोजनाको पानी पोखरी बनेको भागको यो सडक पहिले नै कालोपत्र भइसक्नुपर्ने हो । ग्राभेल बिछ्याएर कालोपत्रेको काम थाँती राख्दा दैनिक हजारौँ सवारी एवं पैदल यात्रुले सास्ती भोग्नुपरेको छ । हप्तौँदेखि सडक किनारमा ग्राभेल पनि थुपारिएको छ । ग्राभेल हालेर सडक नबनाउँदा पैदल यात्रामा कठिनाइ भए

सडकमा पानीको दह !

काठमाडौँ । वरपरको सडक ठिकै छ, सहजै सवारी आवतजावत गर्न सक्छ बीचमा पुगेपछि पानीका दह देखिन्छ, खाडल कति गहिरो छ भनेर सवारी एकछिन रोकिएर मात्र जाने गर्छन् । यो दृश्य गोकर्णेश्वर नगरपालिका–९ आरुबारीको सडकको हो । मेलम्चीको खानेपानी आयोजनाको पानीपोखरी बनेको भागको यो सडक पहिले नै कालोपत्र भइसक्नुपर्ने हो । ग्राभेल बिच्छ्याएर कालोपत्रको काम थाँती […]