एमाले नेता नेम्वाङको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौं, १३ फागुन । अस्वस्थ भएर मेडिसिटी अस्पतालमा उपचाररत एमाले नेता वसन्तकुमार नेम्वाङको स्वास्थ्यमा सुधार भैरहेको छ । एमाले नेता शेरधन राईले आज अस्पताल पुगेर नेम्वाङको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । उनले नेम्वाङसँगको तस्विर सेयर गर्दै फेशबुकमा लेखेका छन्–‘नेकपा (एमाले) केन्द्रीय कमिटीका सदस्य तथा प्रतिनिधीसभाका सदस्य पुर्ब मन्त्री माननीय वसन्त कुमार नेम्वाङको स्वास्थ्यमा क्रमिक […]

सम्बन्धित सामग्री

एमाले नेता खनालको स्वास्थ्यमा सुधार,अक्सिजन सपोर्टबिना नै उपचार

काठमाडौं। अपोलो अस्पताल दिल्लीमा उपचाररत पूर्वप्रधानमन्त्री एवं एमाले नेता झलनाथ खनालको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ। खनालका स्वकीय सचिव कृष्ण भट्टराईकाअनुसार अहिले अक्सिजन सपोर्टबिना नै उपचार भइरहेको छ। 'अक्सिजन सपोर्ट हटाइएको छ,नर्मल ब्रेथिङ सिस्टममा फर्किसक्नुभएको छ।' स्वास्थ्य समस्या भएपछि खनाललाई असार २ गते उपचारका लागि अपोलो अस्पताल दिल्ली लगिएको थियो।

एमालेका वरिष्ठ नेता खनालको स्वास्थ्यमा सुधार

काठमाण्डाै – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा सुधार आएको छ । एमाले नेता सुरेन्द्र पाण्डेले खनालको स्वास्थ्यमा सुधार आएको जानकारी दिनुभएको हो । पाण्डेले भन्नुभएको छ – ‘लगातार आइरहेको ज्वरो रोकिएको छ । स्वास्थ्य स्थितिमा सुधार भैरहेको जानकारी प्राप्त भएको छ, डाक्टरको उच्च निगरानीमा राखेर उपचार भइरहेको छ ।’ नेता खनालको दिल्लीको एपोलो अस्पतालमा उपचार भइरहेको छ । गएको जेठ ३१ गते स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पतालमा उपचार गराइरहनुभएका खनाललाई गएको बुधवार...

एमाले नेता खनालको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौं। कारबाहीमा परेका एमाले नेता झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार आएको छ। दिल्लीस्थित अपोलो अस्पतालमा उपचार गराइरहेका खनालको ज्वरो घटेको र अन्य समस्यासमेत सुधार भएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा केही व्यक्तिले नेता खनालको स्वास्थ्यका विषयमा गलत प्रचार गरेका छन्। त्यस्ता व्यक्तिलाई कारबाही गर्न स्वकीय सचिव भट्टराईले माग गरेका छन्।

बझाङका एमाले नेता रोकायाको निधन

बझाङ : बझाङ जिल्ला नेकपा एमालेका जिल्ला कमिटी सदस्य तथा खप्तड पर्यटन विकास समितिका बोर्ड सदस्य मिश्र रोकायाको निधन भएको छ।खप्तडछान्ना गाउँपालिका–५ माझी गाउँ घर भएका रोकायालाई दुई हप्ता अगाडि जिल्ला अस्पताल सिमखेतमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो। केही दिन जिल्ला अस्पताल सिमखेतमा उपचार गराई रहेका नेता रोकायाको डडेल्धुरा प्रादेशिक अस्पतालमा थप उपचार उपचार भइरहेको थियो।रोकायालाई डडेल्धुरा अस्पतालमा उपचार गरेपछि कोरोना नेगेटिभ आए पनि स्वास्थ्यमा केही सुधार नआएपछि रोकायालाई थप उपचारक

कोरोनाबाट कास्कीका एमाले नेता शोभाखर भण्डारीको मृत्यु

पर्वत : कोरोना संक्रमणबाट नेकपा एमाले कास्कीका नेता शोभाखर भण्डारीको मृत्यु भएको छ। एक साताअघि संक्रमित भएका ६३ वर्षीय शोभाखर भण्डारीको सोमबार राति साढे १२ बजे पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो। उनी झलनाथ–माधव समूहले केही समय अगाडि घोषणा गरेको एमाले कास्कीको कमिटीका उपाध्यक्ष हुन्। कमिटीका अध्यक्ष धनराज आचार्यका अनुसार उपचारपछि स्वास्थ्यमा क्रमिक सुधार आउँदै गएका भण्डारीको अचानक मृत्यु भएको हो।‘सोमबार साँझ पनि हामीले टाढै बसेर कुराकानी गरेका थियौं। पछिल्ला दिनमा