मंसिर ४ मा सम्पन्न निर्वाचनको अन्तिम नतिजा सार्वजनिक

निर्वाचन आयोगले मंसिर ४ गते मा सम्पन्न  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको छ । आयोगले बुधबार पत्रकार सम्मेलन गरी  प्रत्यक्ष र समानुपातिक निर्वाचन तर्फको परिणाम सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रतिनिधिसभा तर्फ १६५ प्रत्यक्ष र समानुपातिकतर्फ ११० सिट तथा प्रदेशसभा तर्फ ३३० र २२० सिटको परिणाम सार्वजनिक गर्दै समग्र नतिजा सकारात्मक भएको बताए । आयोगले मंसिर २९ गते राष्ट्रपतिलाई प्रतिवदेन बुझाउने र पुस २ गते

सम्बन्धित सामग्री

३५ दिनभित्र निर्वाचन खर्च बुझाउन आयोगले गरायो सचेत

निर्वाचन आयोगले प्रतिनिधि तथा प्रदेशसभाका उम्मेदवारलाई ३५ दिनभित्र निर्वाचन खर्च बुझाउन सचेत गराएको छ । आयोगले मंगलबार सूचना प्रकाशन गर्दै मंसिर ४ गते भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा विजयी भएका तथा नभएका उम्मेदवारलाई ३५ दिनभित्र निर्वाचन खर्च बुझाउन सचेत गराएको हो ।आयोगका अनुसार उम्मेदवारले निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको ३५ दिनभित्र प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा निर्वाचन खर्च बुझाउनु पर्ने छ । निर्वाचन खर्च विवरण समयमा नबुझाउने उम्मेदवारलाई कानुन बमोजिम जरिवाना हुने

४२८५ जनाको धरौटी जफत

काठमाडौं, मंसिर २९ । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी दिएका ४ हजार २८५ जनाको धरौटी रकम जफत भएको छ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम नतिजा सार्वजनिक गर्न बुधबार निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले यस्तो जानकारी दिएका हुन् । […]

मंसिर ४ मा सम्पन्न निर्वाचनको अन्तिम नतिजा सार्वजनिक

काठमाडाैं । निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम नतिजा सार्वजनिक गरेको छ। आयोगले बुधबार पत्रकार सम्मेलन गरी प्रत्यक्ष र समानुपातिक निर्वाचन तर्फको नतिजा सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रतिनिधिसभा तर्फ १६५ प्रत्यक्ष र समानुपातिकतर्फ ११० सिट तथा प्रदेशसभा तर्फ ३३० र २२० सिटको परिणाम […]

आयोगले आज निर्वाचनको नतिजा सार्वजनिक गर्ने

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम नतिजा घोषणा गर्दैछ । आज मध्यान्ह साढे १२ बजे पत्रकार सम्मेलन गरेर अन्तिम नतिजा घोषणा गर्न लागिएको हो । निर्वाचनको सबै प्रक्रिया सकिएसँगै आयोगले अन्तिम नतिजा घोषणा गर्न लागेको आयोगका प्रवक्ता सहसचिव शालिग्राम पौडेलले नेपाल प्रेसलाई जानकारी दिए । प्रतिनिधिसभा र प्रदेशसभाको […]

आयोगले आज निर्वाचनको अन्तिम नतिजा सार्वजनिक गर्दै

काठमाडौं । निर्वाचन आयोगले यहि मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको अन्तिम नतिजा आज बुधबार घोषणा गर्ने भएको छ । आयोगले बुधबार दिउँसो साढे १ बजे पत्रकार सम्मेलन गरेर अन्तिम नतिजा घोषणा गर्न लागेको हो । निर्वाचनका सबै प्रक्रिया सकिएसँगै आयोगले अन्तिम नतिजा घोषणा गर्न लागेको हो । यसअघि नै प्रत्यक्षतर्फको […]

प्रदेश १ मा एक सांसदको शक्ति : मधेसदेखि काठमाडौँसम्म तरङ्ग

काठमाडौं । मंसिर ४ मा सम्पन्न आम निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएसँगै केन्द्रदेखि प्रदेशसम्मका सरकार गठन गर्न राजनीतिक दलहरुबीच हिसाबकिताब सुरु भएको छ ।केन्द्रमा हालकै सत्ता गठबन्धनले सरकार बनाउने गृहकार्य गरिरहेका बेला प्रदेशमा पनि राजनीतिक दलहरूले जितेको सांसद सिट सङ्ख्याका आधारमा कसले सरकार बनाउने भन्ने हिसाबकिताब सुरु भएको छ ।अहिलेकै सत्ता गठबन्धन नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चाले केन्द्रमा बहुमतको सरकार गठन गर्न उनीहरूसँग २ सांसद अपुग

प्रतिनिधिसभाको प्रत्यक्षतर्फको अन्तिम नतिजा सार्वजनिक

काठमाडौँ। मंसिर ४ गते सम्पन निर्वाचनको प्रतिनिधि सभाको प्रत्यक्षतर्फको सबै १६५ निर्वाचन क्षेत्रकै अन्तिम मत परिणाम सार्वजनिक भएको छ। दोलखाको अन्तिम मत परिणाम सार्वजनिक भएसँगै १६५ निर्वाचन क्षेत्रकै नतिजा सार्वजनिक आएको हो।

सुदूरपश्चिममा एकीकृत समाजवादीको उत्कृष्ट नतिजा

देशभरको नतिजा निराशाजनक भएपनि सुदूरपश्चिम प्रदेशमा भने गठबन्धनको बलमा एकीकृत समाजवादीले उत्कृष्ट नतिजा निकालेको छ । सुदूरपश्चिममा प्रतिनिधि सभातर्फका १० र प्रदेश सभातर्फका २३ सिटको अन्तिम नतिजा सार्वजनिक भइसक्दा एकीकृत समाजवादीले पाँच सिट जितेको छ । यसलाई समाजवादी पार्टीले सुदूरपश्चिमबाट प्राप्त गरेको ठूलो सफलताका रुपमा हेरिएको छ ।