एनभिए क्लब भलिबल : न्यु डायमण्ड स्पोर्ट्स क्लब विजयी

काठमाडौं । काठमाडौंमा जारी सातौं एनभिए क्लब पुरुष तथा महिला भलिबल च्याम्पियनसिपमा महिलातर्फ साबिक विजेता न्यु डायमण्ड स्पोर्ट्स क्लबले विजयी सुरुवात गर्दा विभागीय टोली नेपाल पुलिस क्लबले लगातार दोस्रो खेलमा पनि सफलता हात पारेको छ