६ ओटा कम्पनीको शेयरमूल्यमा सर्किट, कुन - कुन कम्पनीको शेयरमा लाग्यो सर्किट ?

पुस २७, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ४९ दशमलव १९ अंकले बढेको छ । नेप्से परिसूचक २ हजार ८३४ दशलमव १३ विन्दुमा पुगेको हो । यस अवधिमा कारोबारमा आएका २३२ ओटा धितोपत्रमध्ये छ ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।  नारायणी डेभलपमेन्ट बैंक,नेपाल फाइनान्स,पोखरा फाइनान्स,कर्पोरेट डेभलपमेन्ट बैंक, मध्य भोटेकोशी जलविद्युत् कम्पनी र सिभिल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । सिभिल लघुवित्तको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन ९ दशमलव ९२ प्रतिशतले वृद्धि भएको छ भने बाँकी पाँच ओटा कम्पनीको शेयरमूल्य १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको छ । बजार बढेसँगै ती छ ओटै कम्पनीको शेयरमूल्यमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।  यो दिन नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य प्रतिकित्ता रू. ५७० दशमलव ९०, नेपाल फाइनान्सको रू.६९३,पोखरा फाइनान्सको ५७३ दशमलव १०, कर्पोरेट डेभलपमेन्ट बैंकको रू. ५५० दशमलव २०, मध्य भोटेकोशी जलविद्युत कम्पनीको रू.३१३ दशमलव ५० र सिभिल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य रू. १ हजार १८६ पुगेको छ ।

सम्बन्धित सामग्री

टेनिसको सर्किट-१ सोमबारदेखि

नेपाल टेनिस संघको आयोजनामा जे-६० केटिएम जुनियर वर्ल्ड र्‍याङकिङ टेनिस प्रतियोगिताको सर्किट-१ सोमबारदेखि सुरु हुने भएको छ।...

टेनिसको सर्किट-१ सोमबारदेखि

नेपाल टेनिस संघको आयोजनामा जे-६० केटिएम जुनियर वर्ल्ड र्‍याङकिङ टेनिस प्रतियोगिताको सर्किट-१ सोमबारदेखि सुरु हुने भएको छ।...

बुद्ध हिमाल–हिमालचुली ग्रेटलेक सर्किट ट्रेल निर्माण हुने

५ जेठ, काठमाडौं । लमजुङ र गोरखाको उत्तरी पर्वतीय क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न विभिन्न गाउँपालिकाले सामूहिक प्रयास थालेका छन् । दोर्दी गाउँपालिकाको संयोजनमा बुद्ध हिमाल–हिमालचुली ग्रेटलेक सर्किट ट्रेल निर्माण हुने भएको छ । सर्किट ट्रेल निर्माणका लागि लमजुङको दोर्दी गाउँपालिका, दूधपोखरी गाउँपालिका, मर्स्याङ्दी गाउँपालिका र गोरखाको अजिरकोट गाउँपालिकाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । सर्किट […]

‘धरान–बराहक्षेत्र–रामधुनी धार्मिक सर्किट’ बनाइँदै

सुनसरीका एक उपमहानगरपालिका र दुई नगरपालिकामा नाम चलेका धार्मिक स्थललाई जोडेर सर्किट बनाइने भएको छ।...

धार्मिक ‘सर्किट’ बनाइन्छः मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले धार्मिक ‘सर्किट’ बनाउन लागिएको बताएका छन्।...

५ प्रतिशत घटेपछि सेयर बजारमा लाग्यो 'सर्किट ब्रेक'

सेयर बजारमा सर्किट ब्रेकर लागेको छ। बजारको परिसूचक नेप्से ५ प्रतिशतले घटेपछि सर्किट ब्रेकर लागेको हो।

आज ३ कम्पनीको शेयरमा सकरात्मक सर्किट

काठमाडौं, २९ बैशाख । आज झिनो अंकले नेप्से बढ्दा ५ अर्ब ३२ करोड भन्दा बढीको कारोबार भएको छ । बुधबार ३ कम्पनीको शेयरमा १० प्रतिशत सर्किट लागेको छ । बाँकी ९ कम्पनीको सर्किट लेभलमा नै कारोबार भएको छ । नारायणी डेभलपमेन्ट बैंकको १० प्रतिशत सर्किट लागेको हो । यी कम्पनीको लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् […]

दुई कम्पनीको सेयर मूल्यमा सर्किट ब्रेक

काठमाडौं। सेयर बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट ब्रेक लागेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भएकामध्ये दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो। आज खानीखोला हाइड्रोपावर र जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सर्किट लागेको हो।

दुई कम्पनीको सेयर मूल्यमा सर्किट

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। साताको अन्तिम कारोबार दिन आज महिला लघुवित्त र सिंगटी हाइड्रो इनर्जीको सेयर मूल्यमा सर्किट लागेको हो। यस क्रममा महिलाको सेयर मूल्य प्रति कित्ता २८४ रूपैयाँ बढेर ३,१२५ पुगेको छ। यस्तै, सिंगटीको सेयर मूल्य प्रति कित्ता ३३ रूपैयाँ बढेर ३६३ रूपैयाँ पुगेको छ।

निफ्राको शेयरमा सर्किट, ३४ रुपैयाँले बढ्यो मूल्य

आजबाट धितोपत्रको दोस्रो बजारमा किनबेच खुला भएको नेपाल इन्फ्राइन्स्ट्रक्चर बैंकको कारोबारको पहिलो दिन नै सकारात्मक सर्किट लागेको छ । कारोबार सुरु भएको केही समयमा नै शेयरमूल्य १० प्रतिशत अर्थात् ३४ रुपैयाँले बढेर सकारात्मक सर्किट लागेको हो