गुल्मी–२ : पूर्वसहकर्मी विष्ट र  झाँक्रीको प्रतिस्पर्धा पेचिलो बन्दै

गुल्मी – गुल्मीमा दुई सङ्घीय निर्वाचन क्षेत्र छन् । निर्वाचन क्षेत्र नं २ मा जिल्ला सदरमुकाम तम्घाससहित पश्चिम भाग पर्दछ । आउँदाे मङ्सिर ४ गते हुने चुनावका लागि दुई लाख २३ हजार छ सय १५ मतदातामध्ये क्षेत्र नम्बर २ मा एक लाख चार हजार तीन सय २७ रहेको जिल्ला निर्वाचन अधिकृत माया कुँवरले जानकारी दिनुभयो । क्षेत्र नं २ प्रदेशसभा (१) मा ५१ हजार नौ सय चार छन् र (२) मा ५२ हजार चार सय २३ छन् । गएकाे पालिका तह चुनावबाट तीन पालिकामा नेपाली कांग्रेस र दुईमा नेकपा माओवादी केन्द्र  र एक पालिकामा नेकपा एमाले...