जनताले खोजेजस्तै काठमाडौँ महानगर बनाउँछुः सिर्जना सिंह

काठमाडौँ – सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौँ महानगरपालिकाको मेयर पदकी उम्मेदवार सिर्जना सिंहले काठमाडौँको व्यवस्थित रूपमा विकास गर्ने बताएकी छन्। काठमाडौँमा गोरखा–काठमाडौँ चुनाव प्रचार समूहले आयोजना गरेको शुभकामना कार्यक्रममा सिंहले अस्तव्यस्त काठमाडौँको व्यवस्थित रूपमा विकास गर्ने बताएकी हुन्। उनले काठमाडौँ महानगर जनताले खोजेजस्तो नभएकाले आफू मेयर जितेर आए जनताले खोजेजस्तै काठमाडौँ महानगर बनाउने बताइन्। सिंहले काठमाडौँ […]

सम्बन्धित सामग्री

काठमाडौँ महानगर : सिंहभन्दा १७६९१ र स्थापितभन्दा १८२५५ मतले बालेन साह अगाडि

काठमाडौं महानगरका स्वतन्त्र उम्मेदवार बालेन साहले हालसम्मको मतगणना अनुसार ४१ हजार २७९ मत प्राप्त गरेका छन्। उनले नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह र नेकपा एमालेका उम्मेदवार केशब स्थापितलाई करिब १८...

काठमाडौँ महानगर : बालेनको दोब्बर मतको अग्रता कायमै

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा मतगणना जारी छ । सुरुआतीदेखि अग्रता लिएका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)को अग्रता कायमै छ । गणना गरिएको मध्ये बालेन एमालेका केशव स्थापित भन्दा दोब्बर मतले अगाडी छन् । पछिल्लो मत विवरण अनुसार बालेनले ६४८६ मत ल्याउँदा एमालेका केशव स्थापित ३४१३ मतमा खुम्चिएका छन् भने काङ्ग्रेसकी सिर्जना सिंह तेस्रोमा छिन् ।

बालेनमाथि २८ केजी खसीको जुवा

काठमाडौँ महानगर पालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार उठेका बालेन शाहमाथि खोटाङको दिक्तेलका दुई जनाले २८ केजी खसीको बाजी राखेका छन् ।सामाजिक सञ्जालमा भाइरल भएको एक सहमति पत्रमा दिक्तेल रुपाकोट मझुवागही नगरपालिका वडा नम्बर ५ बस्ने बिजय फुयाल र सोही ठाउँमा बस्ने रमेश खड्काबीच बाजी थापिएको उल्लेख छ । पत्रअनुसार बालेनले काठमाडौँको मेयर जितेमा रमेश खड्काले २८ केजीको खसी बिजय फुयाललाई दिने र बालेनले मेयर हारेमा बिजयले २८ केजी खसीको मूल्य दिने भएका हुन् । उनीहरूले साक्षी राखेर तमसुकको शैलीमा कागज नै गराएका छन् । साक्षीका रूपमा सोही ठाउँ बस्ने राजन प्रसाद दुलाल र रोहवरमा सुमन बास्तोला, सरोज खतिवडा र दिनेश आचार्य रहेका छन् । सामाजिक सञ्जालमा भाइरल भएको सम्झौता पत्र आधिकारिक हो, कि होइन भन्ने पुष्टि भने भएको छैन । यसैबीच जारी मतगणनामा बालेन शाहले करिब १२ सय मतको अग्रता बनाएका छन् । उनले २६ सय बढी मत पाउँदा एमालेका केशव स्थापितले १४ सय मत पाएका छन् । काँग्रेसकी सिर्जना सिंह तेस्रो नम्बरमा छिन् । बालेनलाई युवा र राजनीतिक क्षेत्रभन्दा बाहिरका व्यक्तिहरुले समर्थन गरिरहेका छन् । निर्वाचनको मुखैमा उनलाई कलाकारहरुले राम्रै समर्थन जनाएका थिए । उनी र्याप गायक तथा इन्जिनियर हुन् ।

काठमाडौँ महानगर अपडेट : स्थापितको भन्दा बालेनको धेरै मत, सिर्जना सिंह पछाडि

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता देखिएको छ । वडा नम्बर १, ३२, २, र ३ को मतगणना हुँदा बालेनले ३६३ मत पाएका छन् । काँग्रेसकी उम्मेदवार सिर्जना सिंहलाई पछि छोडेर अघि लागेका एमालेका केशव स्थापितले ३१५ मत ल्याएका छन् । काँग्रेसकी सिंहको भने २०८ मत छ ।

काठमाडौँ महानगर मेयरका लागि सिर्जना सिंह योग्य व्यक्ति: देउवा

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौँ महानगर मेयरका लागि सिर्जना सिंह योग्य व्यक्ति भएको बताएका छन् । काठमाडौँमा आयोजित पाँच दलीय गठबन्धनको चुनावी सभा कार्यक्रमलाई सम्बोधन गर्दै उनले सिर्जना सिंहले काठमाडौँ महानगरमा राम्रो काम गरेर देखाउने वचन दिएको बताए ।

काठमाडौँको मेयरमा सिर्जना सिंहसहित ५ जनाको नाम सिफारिस

काठमाडौँ । नेपाली काँग्रेसको काठमाडौँ महानगर समितिले मेयरको उम्मेदवारका लागि सिर्जना सिंहसहित ५ जनाको नाम बागमती प्रदेश समितिमा सिफारिस गरेको छ । नगर समितिको बुधबार बसेको बैठकले मेयरको उम्मेदवारका लागि निलकाजी शाक्य, सिर्जना सिंह, हरिप्रभा खड्गी श्रेष्ठ, सुशन वैद्य र प्रगतिमान रञ्जितको नाम सिफारिस गरेको हो । शाक्य नगर समितिका सभापति एवं काठमाडौं वडा नम्बर […]