काठमाडौँ : पहिलोपटक दशरथ रंगशालामा मंगलबार सुरु हुने दक्षिण एसियाली महिला फुटबल (महिला साफ) प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र भुटान साँझ ५:३० मा प्रतिस्पर्धा गर्दै छन्। प्रतियोगितामा आयोजक नेपालसहित भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्स गरी ७ राष्ट्र सहभागी रहेका छन्।जहाँ दुई समूहमा रहेर प्रतियोगिता खेलाइँदै छ। समूह 'ए' मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहँदा समूह 'बी'मा आयोजक नेपाल, श्रीलंका