सेन्ट्रल जोन च्याम्पियन महिला भलिबल टोलीलाई नेकोसले सम्मान गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद महासंघ (नेकोस) ले एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको च्याम्पियन नेपाली महिला भलिबल टोलीलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको छ । नेकोसको सातौं केन्द्रीय पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो । अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भई पदक प्राप्त गर्ने खेलाडी तथा टिमलाई प्रोत्साहन गर्ने नीति अनुरुप च्याम्पियन महिला भलिबल टिमलाई […]

सम्बन्धित सामग्री

सेन्ट्रल जोन विजेता महिला भलिबल टिमलाई नेकोसले सम्मान गर्ने

काठमाडौं । नेपाल खेलकुद महासंघ (नेकोस) ले एसियन सेन्ट्रल जोन भलिबल प्रतियोगिताकाे विजेता नेपाली महिला भलिबल टिमलाई नगद सहित सम्मान गर्ने भएको छ । अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भई पदक प्राप्त गर्ने खेलाडी तथा टिमलाई प्रोत्साहन गर्ने नीति अनुरुप नेकोसले च्याम्पियन महिला भलिबल टिमलाई फागुन ७ नगदसहित सम्मान गर्ने जनाएको छ । काठमाडौंमा आइतबार सम्पन्न […]

सेन्ट्रल जोन विजेता महिला भलिबल टिमलाई सरकारले गर्‍यो नगदसहित सम्मान

२१ माघ, काठमाडौं । सरकारले एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप २०२१ को उपाधि जितेमा महिला भलिबल टिमलाई शुक्रबार नगदसहित सम्मान गरेको छ । यसअघि नै घोषणा भए बमोजिम सरकारले विजेता टोलीका खेलाडी र अफिसियललाई नगद पुरस्कार प्रदान गरेको हो । मन्त्रिपरिषद‍्को पुष १४ गते बसेको बैठकले सेन्ट्रल जोन महिला भलिबल च्यालेन्जकप विजेता खेलाडी, […]

एसियन सेन्ट्रल जोन भलिबलको अर्को संस्करण माल्दिभ्समा हुने

काठमाण्डाै - एभीसी एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको अर्को संस्करण माल्दिभ्समा हुने भएको छ । सेन्ट्रल एसियन भलिबल एसोसिएशनको बङ्गलादेशमा हिजो बसेको बैठकले सन् २०२२ को सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप प्रतियाेगिता माल्दिभ्समा गर्ने निर्णय गरेको हो । प्रतियोगिताको मिति तोकिएको छैन । माल्दिभ्सले यसअघि तेस्रो संस्करणको च्याम्पियनसिपको आयोजना गरेको थियो । जसमा नेपाली पुरुष भलिबल टोलीले कास्यपदक जितेको थियो ।

सेन्ट्रल जोन भलिबलको अर्को संस्करण माल्दिभ्समा हुने

काठमाडौं (हाम्रो खेलकुद) – एभिसी एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको अर्को संस्करण माल्दिभ्समा आयोजना हुने भएको छ । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) को बंगलादेशमा सोमबार बसेको बैठकले सन् २०२२ को सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप माल्दिभ्समा गर्ने निर्णय गरेको हो । मिति नतोकिएपनि अब सन् २०२२ भित्र माल्दिभ्समा सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप […]

सेन्ट्रल जोन भलिबल – माल्दिभ्समाथि नेपालको जित

काठमाडौं (हाम्रो खेलकुद) – एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ नेपालले लिग चरणको अन्तिम खेलमा माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेको छ । बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा आइतबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । खेलको सुरुवातदेखि नै अग्रता बनाएको नेपालले पहिलो सेट संघर्षपुर्ण रुपमा आफ्नो […]

सेन्ट्रल जोन भलिबल – श्रीलंकासँग नेपालको हार

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तरगत पुरुषतर्फ नेपालले दोस्रो हार बेहोरेको छ । नेपालले श्रीलंकासँग ३–१ को सेटमा हार बेहोरेको हो । ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा प्रतिस्पर्धात्मक खेलको पहिलो सेट नेपालले १८–२५ ले गुमाएको थियो । दोस्रो सेटमा २५–२२ को जित निकाल्दै खेलमा […]

सेन्ट्रल जोन भलिबल – नेपालले श्रीलंकासँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तरगतको पुरुषतर्फको खेलमा नेपालले श्रीलंकासँग खेल्दैछ । खेल ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा नेपाली समयअनुसार साँझ ५ः४५ बजे हुनेछ । पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग पराजय भोगेपनि दोस्रो खेलमा साविकको विजेता उज्वेकिस्तानलाई हराएको नेपाल उच्च मनोवलका साथ कोर्टमा उत्रनेछ […]

सेन्ट्रल जोन भलिबल : श्रीलंकामाथि नेपालको कठिन जित

साविक विजेता नेपाली महिला भलिबल टोलीले एभिसी एसियन सेन्ट्रल जोन भलिबल प्रतियोगिताअन्तर्गत श्रीलंकामाथि कठिन जित हात पारेको छ । नेपालले प्रतिस्पर्धात्मक ३–२ को सेटमा बिहीबार श्रीलंकालाई निराश पारेको हो ।...

नेपालले महिला र पुरुषको सेन्ट्रल जोन भलिबल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको राष्ट्रिय महिला तथा पुरुष भलिबल टोलीले बंगलादेशमा हुने एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् । नेपाल भलिबल संघले शुक्रबार दिएको जानकारी अनुसार प्रतियोगिता यसै वर्ष डिसेम्बर २१ देखि २९ सम्म (पुष ६ देखि १४ सम्म) बंगलादेशमा हुने प्रतियोगितामा नेपाल सहभागी हुँदैछ । संघले एसियन […]